तःमुज्याको सन्देशः कोरोना संक्रमण र अपराधिक घटना रोक्न राजनैतिक दल जिम्मेबार हुनुपर्नेः अध्यक्ष विजुक्छे

तःमुज्याको सन्देशः कोरोना संक्रमण र अपराधिक घटना रोक्न राजनैतिक दल जिम्मेबार हुनुपर्नेः अध्यक्ष विजुक्छे

भक्तपुर, कार्तिका १३ गते

कोरोना रोकथाममा हेलचेक्राई भए भूकम्पले भन्दा बढी मानिसको मृत्यु हुन सक्ने औल्याउर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले भूकम्पमा जस्तै घाटमा लास राख्ने ठाउँ नहुने अवस्था आउनबाट रोक्न कोरोना रोकथाम प्रभावकारी हुनुपर्नेमा जोडदिनु भयो । नेपाल भाषा साहित्य तःमुज्याको दोस्रो दिनको अनलाई कार्यक्रममा अध्यक्ष विजुक्छेले कोरोना रोकथाम र अपराध नियन्त्रणमा राजनैतिक दल प्रतिबध हुनुपर्नेमा जोड दिदै एउटा जिल्लाका मानिसलाई अर्को जिल्लामा घर बनाउन दिन नहुने देखिएको बताउनु भयो । अध्यक्ष विजुक्छेले धनि मानिसहरुले विभिन्न जिल्लामा घर बनाएर घुमफिर गरेकाले पनि कोरोना संक्रमण र अपराधिक घटनाहरु बढी रहेकाले अन्तर जिल्ला वसाइ सराईमा नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो । भ्रष्टाचारी र अपराध गर्ने मान्छे कुन पार्टी, जात र ठाउँका हुन खोज्नुपर्ने उल्लेख गर्दै अपराधीहरुले एउटा ठाउँमा एउटा नाम अर्को ठाउँमा अर्को नाम थर दिएर अपराधिक घटना रहेकाले अपराधीहरुको फाटो सहित विवरण प्रहरीले राख्न थालेको बताउनु भयो । अपराधीक व्यक्तिलाई राजनैतिक दलले संरक्षण दिने गरेकाले अपराध झन बढेको, प्रहरीले पक्रेकालाई पनि छोडाउने, तिनै व्यक्ति मन्त्रिसम्म हुने गरेकाले राजनैतिक दलले नै अपराध बढाएका भन्दै दलहरुको ध्यानाकर्षण गराउनु भयोे ।
नेमकिपाले अपराध गर्ने, गैरसामाजिक गतिविधी गर्नेलाई कार्वाही गर्दै आएको बताउनु भयो । अपराधको सजायबाट बच्न कतिपय मानिसहरु अरु पार्टीमा जानेको उल्लेख गर्दै अपराधीहरुलाई कानुनी कार्वाही गर्नुपर्नेमा जोड दिनु भयो ।
शिक्षण सिकाईमा अंग्रजी भाषाको बढी प्रयोगले नेपाल भाषा बोल्न विद्यार्थीलाई गाह्रो, शुद्ध बोल्न नसक्ने भएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले आदिवासी समुदायमा पहिला रुघाखोकी भन्ने रोग नै नभएको बताउनु भयो । आदिवासीहरु आगोमा, पानीमा जहाँ गए पनि रुघाखोकीको संक्रमण हुने नगरेको पछि मात्रै सरेको हो भन्नु भयो । कोरोना नियन्त्रणमा परम्परागत मान्यता अहिले आएर उपयोगी हुन थालेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले नेवार समुदायमा चोख्याउने (बेंकेगु), भाडाकुडालाई आगोले छुवाउने, किटनासक बिधिहरु, विदेश गएर आएकालाई छुटै राख्ने, नंग, कपाल काट्न लगाउने, लुगा फेर्न लगाउने परम्पराहरु बारे पनि समुदायलाई बुझाएर कोरोना रोकथाम गर्न सकिने बताउनु भयो ।
कोरोना भाइरस छिट्टै हत्ने अवस्था नभएकाले रुघाखोकी लाग्ने बितिकै सजग हुनुपर्ने, कमजोर व्यक्तिमा बढी संक्रमण हुने कुुरालाई ध्यान दिनुपर्ने बताउँदै समुदायमा राम्रो हुन सावुनले धुने, कोठा कोठासम्म जुता लगाएर हिड्नेहरु शिक्षित भनेर बुझ्ने स्वाभावलाई पनि सम्झाउनुपने अवस्था आएको बताउनु भयो ।
चुनावमा मत लिन गएजस्तै कोरोना रोकथाम बारे जनचेतना दिनुपर्नेमा उल्लेख गर्दै भजन,गुठी मन्दिर जाँदा बढी संक्रमित हुने कुरा समुदायलाई बुझाउनुपर्ने बताउनु भयो ।
चोर आउँदैन भनि चुकुल नराख्ने भए के हुन्छ ?भन्दै अध्यक्ष विजुक्छेले कोरोना रोकठाममा भूमिका खेलेर जनता जोगाउनुपर्नेमा जोड दिनु भयो ।

सो अवसरमा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले गत सेप्तेम्बरमा अमेरिकाको हवाई टापुमा सबै भन्दा पहिला कोरोना भाइरस देखिएको हो भन्दै अक्टोबरमा चीनमा भएको शैन्य अभ्यासमा ति नै अमेरिकी सैनिकले चीनमा कोरोना सारेको बताउनु भयो । डिसेम्वरको अन्त्यमा समुदायमा कोरोना फैलिएपछि चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोना बारे जानकारी दिएर विश्व समुदायलाई सचेत पारेको तर अमेरिकाले यस बारे बेवास्ता गर्दै अमेरिका लगायत विश्वभर कोरोनाको संक्रमण बढेको बताउनु भयो ।
नेपाल भारत खुल्ला सिमाका कारण नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, अपधारिक घटना बढेकाले सिमा सुरक्षा गरेमा दुबै देशलाई फाइदा पुग्ने बताउनु भयो । जहाँ जहाँ एसएसबी छन् त्यहाँ त्याहाँ नेपाली सुरक्षाकर्मीहरु पनि रहनुपर्नेमा जोड दिदै सांसद सुवालले सरकारले आफ्ना म्यानपावर कम्पनी खोलेर ७० लाख भन्दा बढी युवाहरु रोजगारीको लागि विदेशमा पएर देशलाई कमजोर बनाएको बताउनु भयो । स्वदेशमै रोजगार दिनुपर्ने नेमकिपाले भन्दै आएको कुरालाई सरकारले बेवास्था गरिरहेकोले देश परनिर्भर हुन थालेको बताउनु भयो ।
देशको समानुपाति विकास नहुँदा काठमाण्डौमा मात्र ६० लाख भन्दा बढी मानिस हुँदा कोराना संक्रमण पनि यहाँ बढेको बताउँदै सांसद सुवालले कोरोनाको जोखिम व्यवस्थापन र जनस्वास्थ्यमा सरकारले ध्यान दिनुपर्नेमा आर्बपति, खर्वपतिको सल्लाह सुनेर जनजीवन सहज बनाउने नाममा लक डाउन खुकुलो बनाएर कोरोनाको संक्रमण बढाएको बताउनु भयो । देशका ९५ प्रतिशत जनता गरिव रहेको र ५ प्रतिशत मात्रै धनी रहेकाले संबैधानिक स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
पजेरो, दसैं भट्टा लगायत सुविधाहरु नेमकिपाका सांसदले अहिलेसम्म नदिएको उल्लेख गर्दै देशको सिमा सुरक्षाका लागि धर्ना डेलिगेशन समेत गरेको स्मरण गर्नु भयो । नयाँ नक्सा जारी गरेको ६महिना भयो, नक्सा जारी भएसँगै नयाँ देशको क्षेत्रफल पनि प्रकासित गर्न राज्यव्यवस्था सुशासन समितिमा पनि भन्दै आएको बताउनु भयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार बैद्यले साबुनपानीले हात धोएर, माक्स लगाएपनि कोरोना संक्रमित हुनेको संख्या बड्या बढ्दै गरेको उल्लेख गर्दै सरकारले कोरोना रोक्न र संक्रमितको उपचार गर्न नसकेको बताउनु भयो । धुलिखेल अस्पतालले सामान्य संक्रमितको उपचारको लागि दैनिक ३५०० र पचास हजार रुपियाँ धरौति राख्नुपर्ने, जतिल अवस्थाका विरामीको उपचारको लागि प्रतिदिन १५ हजार र २ लाखसम्म धरौटी राख्ुपर्ने सूचना जारी गरेपछि नेमकिपा काभ्रेले काभ्रेका सिडियोलाई ज्ञापन पत्र बुझाए पनि जनस्वास्थ्यमा सरकारले ध्यान नदिएको बताउनु भयो ।

नेमकिपाका प्रदेश सासद सृजना सैंजूले देशमा गणतन्त्र आएको १४ वर्ष, संविधान आएको ५ वर्ष, सरकार आएको ३ वर्ष हुँदा पनि आर्थिक समृद्धि र समाजबादको बाटोमा हिड्न नसकेको बताउनु भयो । मुखले एउटा र व्यवहारमा अर्को भइरहेसम्म समृद्धि हुन नसक्ने बताउँदै सांसद संैजूले समृद्धि भन्दा देश परनिर्भरता र कंगाल हुँदै गरेको बताउनु भयो । देशमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढी रहेको, महिला हिंसा बढी रहेको बताउँदै महिला जनप्रतिनिधीहरु समेत यस विषयमा गंम्भिर नभएको बताए । यो वर्ष ६ सय भन्दा बढी बलात्कारका घटना घति सकेको बेला नारीबादिहरु तलब र भट्टा खाने काममा मात्र व्यष्ट रहेको उल्लेख गर्दै कामदार वर्गको मुक्तिविना कामदार महिलाको मुक्ती हुन नसक्ने विचार राख्नु भयो । जनताको स्वास्थ्यको जिम्मेबारी नलिने सरकार जनताको सरकार हुन नसक्ने बताउँदै सांसद सैंजूले कामदार वर्गलाई सधै डवाइ राख्ने पूँजीवादी व्यवस्थाको खरावी भएको बताउनु भयो ।
तःमुज्यामा ऐतिहासिक माहामारीको अनुसन्धानमुलक लेख प्रस्तुत गर्दै इतिहासकार डा.प्रा. पुरुषोतमलोचन श्रेष्ठले इसाइपूर्व गोपाल वंशाबली, किरतावंश, मल्लकालिन विनासकारी माहामारीको चर्चा गर्दै महामारी मानव समुदायबाटै उत्पति हुँदै आएको विश्लेषण गर्नु भयो । महामारी मानव निर्मित या प्राकृतिक रुपमा हुने गरेको उल्लेख गदै राज्यसक्ता प्राप्तिका लागि जैक हतियार युद्धको रुपमा समेत प्रयोग हुँदै आएको बताउनु भयो ।
मानव सभ्यातासँगै आएका माहामारी कम गर्न इसापूर्वको गोपाल वंशमा महादेवको पूजा गरेको लोक कथा वंशावलीमा उल्लेख रहेको बताउनु भयो । किरात वंशमा पनि छेरपतिले धेरै मानिसको अकालमा मृत्यु भएको उल्लेख भएको बताउनु भयो ।
नेवार समुदायले सकि माने पर्व, घन्टाकर्ण, छ्याला पुन्ही, जस्तो पर्वहरु महामारी रोकथामका लागि नै मनाउँर्दै आएको उहाँले बताउनु भयो । राजा अभय मल्लको पालामा ४ दिनसम्म हिउँ परेको तथा भूकम्प समेत आउँदा एक तिहाई मानिसको मृत्यु भएको उल्लेख गर्नु भयो । राजा रनबहादुर शाहको पालामा विफरले जनआस्थाको केन्द्रहरु मठमन्दिर तोडफोड भएको, संक्रमितहरुलाई देश निकाला गरेको जस्तो अमानविय व्यवहारहरु समेत भएकोे उल्लेख गर्नु भयो ।
कवि आशकुमार चिंकबन्जारले थौया ई, कवि रुपकेशरी उलकले वा वना च्वंगु ई, सरकारी मास्तरलाई मोज छ कविता वाचन गरेको तःमुज्याका दोस्रो दिनका सभापति नन्दकुमारी महर्जनले कोभिडको प्रकोपमा माया, काम र आशा जगाएर दिन दुःखीहरुको सेवा गर्नुपर्नेमा जोड दिनु भयो । सार्वजनिक शिक्षाको विकासका लागि त्यसको व्यवस्थापन पक्ष राम्रो हुनुपर्नेमा जोड दिदै वर्ष दिन लगाएर सिक्नुपर्ने कुरा तःमुज्या सुनेर धेरै विषयहरु एक्कै दिन सिक्ने अवसर मिलेको बताउनु भयो ।