मुलुकभरका १८ उच्च अदालतमा बारको प्रदर्शन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीशले न्यायालयमा विकृति, विसङ्गति, बिचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नुपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले आज मुलुकभरका १८ उच्च अदालतमा आज विरोध प्रदर्शन गरेको हो । उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको कारणबारे प्रष्ट पार्नका लागि उच्च अदालतमा विरोध गरिएको बारका महासचिव लिलामणी पौडेलले बताउनुभयो ।ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ ।त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् ।
उनीसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि छन् । वीरगञ्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बञ्जरालगायत पुगेका छन् ।इलाम उच्च अदालतमा कुमार शर्मा आचार्य र खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्जाली राई र अधिवक्ता मोहन इङ्नाम, हेटौंडा उच्च अदालतमा पूर्वमहासचिव विजय मिश्र र भुवन निरौला, बुलबलमा सविता भण्डारी बराल र बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुर्खेत उच्च अदालतमा उपाध्यक्ष रक्षा बस्याल, दाङ तुलसीपुरमा उपाध्यक्ष ईश्वरी भट्टराई, जुम्लामा मीनबहादुर महत, महेन्द्रगर उच्च अदालतमा उमेश विष्ट र प्रयागदत्त भट्टलाई पठाइएको छ ।नेपालगन्ज उच्च अदालतमा वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का र रमन श्रेष्ठ, राजविराजमा रामचन्द्रसिंह राजपूत र वरिष्ठ अधिवक्ता एकराज भण्डारी, ओखलढुंगामा गंगासागर खत्री र अञ्जु कायस्थ, बागलुङमा सुरेन्द्र थापामगर पुगेका छन् ।प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतबाट बालुवाटारसम्म’नागरिक मार्च’ गर्ने पनि बारले घोषणा गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













