तःमुज्याको दोस्रो दिन जारीः राष्ट्रियताको सवालमा सबै नेपाली एकजुत हुन आग्रह
भक्तपुर, कार्तिक १३ गते
राष्ट्लाई दुःखेको बेला सबै देशप्रेमी, राष्ट चाहनेहरु जो जहाँ भए पनि एकजुष्ट हुनुपर्नेमा जोड दिन्दै संविधानविद भिमार्जुन आर्चायले राष्टिय स्वाधिनता र सार्वभौकितामा अहिले सबै भन्दा बढी संकटमा परिरहेको छ भन्नु भयो । ४० औं नेपाल भाषा साहित्य तःमुज्याको दोस्रो दिनमा बोल्नु हुँदै संविधानविद आचार्यले आर्थिक समृद्धि र राजनैतिक स्थायीत्वको नारा दिएको दुईतिहाईको सरकारले ८० प्रतिशत बजेट साधारण खर्चमा लगाएर आसेपासेलाई मोजमस्ति गराएको आरोप लगाउँदै २० प्रतिशत मात्र विकास निर्माणमा खर्चगरेर देशमा समृद्धि नआउने दाबी गर्दै देश आर्थिक रुपले जर्जर बनाएको बताउनु भयो । ओली सरकारले माधव नेपाल, प्रचण्ड भन्दा भारतसँग नजिक देखाउन राष्ट्घिाटी सन्धि सम्झौता र चुचे नक्सा नराखि दशैको शुभकामना दिएर भारतीय मिडियामार्पmत देशको सार्वभौमिकतामाथि प्रहार गराएको बताउनु भयो । सरकारको यो प्रवृति लामो समयसम्म राख्न नहुने उल्लेख गर्दै उहाँले राष्ट् प्रतिको यो गधारीको विरोधमा सम्पूर्ण देशप्रेमी जनाता घोषित अघोषित रुपमा एकजुत हुन आग्रह गर्नु भयो । कोरोना संक्रमितहरु बेहोस भएपछि मात्रै अस्पताल आउनु भनेर सन्देश दिएर सरकारले स्वास्थ्य उपचार गर्ने संबैधानिक मौलिक अधिकार प्रत्याभूट गर्न नचाहेको प्रष्ट भएको बताउनु भयो । दुई तिहाइको सरकारले संविधान कार्यान्वयन गर्न सक्नुपर्नेमा अहिलेसम्मकै कमजोर स्थिति देखाएको संविधानविद आचार्यले बताउनु भयो । देशमा संकट पर्दा भक्तपुरमा बस्नु हुने नेमकिपाका अध्यक्ष विजुक्छेको भूमिका स्मरणीय रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छले संधियतालाई देशले धान्न नसकिने बरु स्थानीय तहलाई बलियो बनाउनुपर्ने विचार प्रभावकारी रहेको बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा भएको तःमुज्याको दोस्रो दिनमा नेमकिपाका सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, वरिष्ठ पत्रकार भैरव रिसाल, प्रदेश संसद सुरेन्द्रराज गोसाई, प्रदेश संसद सृजना सैंजू,नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार बैद्य, संविधानविद भिर्माजुन आचार्य, पूर्व न्यायधिस गौरीबहादुर कार्की, सिमाविद्ध बुद्धिनारायण श्रेष्ठ, इन्जिनियर राजदास श्रेष्ठ, डा. ऋणीकेषनारायण श्रेष्ठ, इतिहासकार प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ, डा. सम्भु पहाडी, प्रा.ओमकारेश्वर श्रेष्ठ, सरोज धिताल, फिजिसियन सत्यनारायण सुवाल, साहित्यकार सुलोचना मानन्धर, कवि अभय श्रेष्ठ सहितका महानुभावहरुको आतिथ्यतामा भएको तःमुज्याको दोस्रो दिनमा कवि काजिबहादुर पञ्चको जी अमेरिकाया म्हा कोरोना शीर्षकको कविता वाचनबाट सुरु भएको थियो ।
जनाधार सामुदायिक क्यासम्पका प्राचार्य एवं शिक्षासेवी नन्दकुमारी महर्जनको सभापतित्वमा भएको तःमुज्याको दोस्रो दिनमा शिक्षासेवी लक्ष्मीनारयाण दुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
डा.कोमल फुयालको उपवास, रामकृष्ण प्रजापतिको जीगु म्ह्या नं छेक कै त्वत वान, शीर्षकका कविताहरु वाचन पश्चात संविधानविद भिमार्जुन आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तःमुज्यामा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डाक्टर ऋषीकेश नारायण श्रेष्ठले क्यान्सर र कोरोना संक्रमणको तुलनात्मक अध्ययन विश्लेषण गर्नु हुँदै हेलचेक्याई गरे क्यान्सर भन्दा कोरोना भाइरस भयाभव हुन सक्ने बताउनु भयो । क्यान्सरले विश्वमा बार्षिक ९५ लाख मर्ने गरेको तर कोरोनाले २ कारोड मार्न सक्ने भएकाले यसलाई हेल्लचेक्राइ नगर्न आग्रह गर्नु भयो । ७ अर्व ६३ करोड जनसंख्या भएको विश्वमा १ करोड ८० लाख क्यान्सरको डालोसिस रहेको ४ करोड ३८ लाख जीउन संघर्ष गरिरहेको छ भन्दै डा. श्रेष्ठले नेपालमा क्यान्सरका विस्तृत अध्ययन हुन बांकी रहेको बताउनु भयो । भक्तपुर क्यान्सर अस्पतालमा ८१ हजार विरामीको परीक्षण गर्दा३४१८ जनामा क्यान्सर देखिएको उल्लेख गर्नु भयो । विश्वमा एसियामा बढी क्यान्सर रोगीहरु ७० प्रतिशत रहेको जानकारी दिनु भयो ।
कवि कृष्णप्रसाद डुमरु को बेकोमी मह मनु, कवि पुण्यराम कवांको ह्यौंगु ध्वाय् कविता वाचन पश्चात पूर्व न्यायधिस गौरीवहादुर कार्कीले सहकारी संस्थाका अनियमितता, भ्रष्टाचार र अबैध सम्पतिको छानिबिन र कार्वाही बारे चर्चा गर्दै सरकारको भागवन्दाको राजनीतिले अक्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी समेत स्वच्छ हुननसकेकोले देशमा भ्रष्ताचार अनियमतिा बढेको बताउनु भयो । अधिकांस सांसदहरु नै सहकारी सञ्चालक रहेकाले संसदीय समितिले सहकारीका अनियमितताहरु नहेको उल्लेख गर्दै ओरेन्टल सहकारी डुबेपछि लिलामी प्रकृयामा बढी मूल्य पर्ने पनि कम मूल्यमा बिक्रि गर्दा सदस्यहरुको फसेको पैसा पाउन नसकेर कयौं मानिसहरुले ज्यान गुमाएको बताउनु भयो ।
प्रध्यापक सुस्मा सापकोटाको कथा, विकाल प्रजापतिको लापांद्य कविता, सरोज धितालको मन्तव्य र साहित्यकार स’लोचना मानन्धकारको बुद्ध हुन नसक्दाको दुःखसँगै वरिष्ठ पत्रकार भैरव रिसालले सहज जीवन, सहअस्तित्व, सन्तुलित जीवन जीउन नसक्दा कोरोनाको संकट आएको बताउनु हुँदै उहाँले जलचर, थलचर सबैको साझा पृथ्वी रहेको कुरालाई बुझ्न नसक्दा कोरोना जस्तो विभिन्न संक्रमणहरु भोग्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्तो संकत आउन सकिने विचार व्यक्त गर्नु भयो । पृथ्वी रहन बाघ चाहिने, माहुरी चाहिने जडिवुटीहरु संरक्षण गर्नुपर्नेमा जोड दिन्दै वरिष्ठ पत्रकार रिसालले विश्वमा १ प्रतिशत रहेको सिमसार क्षेत्र नेपालमा ५ प्रतिशत रहेको प्राकृति सम्पदालाई बिस्र्न थालेको बताउनु भयो ।
नेपाल भारत सम्बन्धमा कुटनीतिक भन्दा गुप्तचर, सेनालाई अंगाल्न थालेको प्रति आपति जनाउँदै प्रधानमन्त्रि र भारतीय गुप्तचरसँगको भेट बारे विस्तृत जानकारी सार्वजनिक हुनुपर्नेमा जोड दिनु भयो । सरकारलाई सही बाटोमा हिडाउन सबै नेपाली एकजुट हुन आग्रह गर्नु भयो ।
काठमाण्डौका कवि इन्दमान मानन्धरले जी दन वे , कवि अभय श्रेष्ठको छेपारो कथा र मन्तव्य ब्यक्त गरेको तःमुज्याको दोस्रो दिनमा वरिष्ठ सिमाविद बुद्धिनारायाण श्रेष्ठले नेपाल भारत सिमा लडाई, स्टिम नक्साले नेपाल भारत सम्वन्ध खलबल, हुम्लाको सिमा विवादमा नेपाली भूमि मिचेको छ या छैन ?भन्ने विषयमा विचार व्यक्त गरिरहनु भएको छ।













