अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता सुरु

अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता सुरु
भक्तपुुर, फाल्गुन २९ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको शनिबार बिहान उद्घाटन गर्नु भएको छ । मुलुकभरका सातै प्रदेशको प्रतिनिधीत्व गर्दै सहभागि भएका २६ स्थानीय तहका २ हजार खेलाडीहरु एवं खेलप्रमीहरुलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष विजुक्छेले खेलकूद मित्रताको लागि भए पनि राष्ट्यताको सुरक्षा, प्रतिरक्षा र आक्रमणका सिप विकास गर्ने माध्यमको रुपमा लिनुपर्नेमा जोड दिनु भयो । बुद्धिचाल खेल खेलि रहँदा राष्ट्यता गुमाएको इतिहासलाई केलाउँदै अध्यक्ष विजुक्छेले चेसबोडलाई राष्ट्ता बीचको युद्धको अनुभूति हुने गरी नयाँ पुस्तालाई प्रशिक्षित गर्न सके देशको सुरक्षाका लागि लड्न सक्ने युवा तयार हुने बताउनु भयो । देशमा सबै भन्दा बढी राजनैतिक नेता कार्यक्रर्ताहरु अहिले बदनाम भइरहेको उल्लेख गर्नु हुन्दै अध्यक्ष विजुक्छेले नागरीक भावना जगाउनका लागि विद्यालयस्तरमै पाठ्य सामग्री तयार हुनुपर्नेमा जोड दिनु भयो ।


आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले २०४६ सालको बहुुदलिय प्रजातन्त्र प्राप्तिकालागि सहीदले गरेकोे बलिदानीको सम्झनामा भक्तपुर नगरपालिकाले हरेक वर्ष विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै सहीद र जनअपेक्षाप्रति सत्तामा पुगेका दलहरुले गरेको अनादर प्रति खेद प्रकट गर्नु भयो ।नगरपालिकाका प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले धन्यवादज्ञापन गर्नु भएकोे सो उद्घाटन कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदामा जस्तै खेलकूद क्षेत्रमा पनि वडा, कलेजस्तरमा उल्लेखनिय कार्य गर्दै आएको बताउनु भयो भने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक तारादेवी थापाले खेलकूद स्वास्थ्य, अनुशासनका साथै टिम वर्कको लागि समेत भएकाले खेल गतिविधिहरुको प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । सुभकामना मन्तब्यकोक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकनारायण श्रेष्ठले कोभिड पछि देशभर खेलकूदका गतिविधिहरु सुरु हुन थालेको जानकारी दिन्दै बुद्धिचाल खेल लगायत खेलकूद प्रतियोगिताहरु आयोजना गरी भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेकोमा प्रसंसा गर्नु भयो भने भनपा ७का वडाध्यक्ष उकेश कवां, नगर खेलकुद समितिका अध्यक्ष एवं भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा२का वडाध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्वुजा लगायतले पनि सो अवसरमा सुभकामना मन्तव्य ब्यक्त गरेको थियो । प्रतियोगिता चैत्र ३गतेसम्म आयोजना हुने नगरप्रमुख प्रजापतिले बताउनु भयो ।