मोहनी नखाःमा ब्रम्हायणी पीठ दशर्नका लागि खुल्ला !
भक्तपुर, कार्तिक १०गते
मोहनी नखाः मनाउन आउनेलाई सामाजिक दुरीमा ब्रम्हायणी पीठ दशर्नका लागि खुल्ला राखेको छ । अन्य मठमन्दिरमा सिल गरिएको भए पनि भक्तपुरका शक्ति पीठहरुमा सामाजिक दुरी राखेर दर्शनको व्यवस्था गरेको छ । स्थानीय स्वयम्सेवक तथा जिल्ला स्काउटका स्वयंसेवकहरुको परिचालनबाट शक्ति पीठहरुमा दर्शन गर्ने व्यवस्था गरेको हो । दशैंको दिनमा विवाह, ब्रतबन्द जस्तो शुभकार्यहरु पनि हुने भएकाले सामाजिक दुरी कायम गरेर हुलमुल नहुने गरी शक्ति पीठहरुको दर्शनको लागि स्वयंसेवकहरुले माइकिंग गर्दै आह्वान गर्दै आएका हुन ।

साँस्कृतिक बाजा गाजा नबजाई तथा समूहमा नहिड्न आग्रह गर्दै यसपालि कोरोना भाइरसको जोखिम ब्यवस्थापनका लागि स्थानीय स्वय्म सेवकहरु जुति रहेका छन् । मोहनी नखाःको उपलक्ष्यमा टोल टोलबाट आउने साँस्कृतिक बाजा यसपालि आएका छैनन् यसै गरी दर्शनका लागि आउने मानिसहरुको पनि सहभागिता कमि मात्रै देखिन्छ ।
हिजो साँझ नै खम्ये बद गरी नवदुर्गा गणले दशै पर्व मनाइ सकेपछि आमसमुदाय ब्रम्हायणी पीठ दर्शनका लागि जाने गर्छन् । ब्रम्हायणी पीठमा आउनेलाई पूर्वी भागबाट पूजा र दर्शन गर्ने ब्यवस्था गरेको छ भने पूर्वी, पश्चिमतर्फबाट नवदुर्गा गणले आफ्नो परम्परागत पासुका तथा गोका वितरण गर्ने व्यवस्था गरेको छ ।











