त्रिरत्न स्मृति बुद्धिचाल प्रतियोगितामा नगद पुरस्कार दिने घोषणा

त्रिरत्न स्मृति बुद्धिचाल प्रतियोगितामा नगद पुरस्कार दिने घोषणा
भक्तपुर, बैशाख १८ गते
आगामी जेष्ठ १२ र १३ गतेका लागि भक्तपुर युवा टिमले तर्जुमा गरेको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुल्ला रापिड रेडिङ बुद्धिचाल प्रतियोगिताका उत्कृष्ठ खेलाडीहरुलाई आकर्षक नगद पुरस्कार दिने आयोजक समितिले घोषणा गरेको छ । आयोजक भक्तपुर युवा टिमका सचिव रामेश्वर मचामसीले दिएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुने खेलाडीलाई नगद रु २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो, चौथौं, पाँचौ र छैठौं हुनेहरुलाई क्रमशः १०, ८, ६ र ५ हजार नगद पुरस्कार दिने भएको छ भने भक्तपुर फस्टलाई थप नगद रु ४ हजार, दोस्रो हुनेलाई २ हजार यसै गरी वेष्ट भेटेरेन्टलाई ४ हजार र सेकेण्ड भेटेरेन्टलाई २ हजार तथा वेष्ट जुनियरलाई ३ हजार एवं वेष्ट र सेकेण्ड वमेन तथा वेष्ट अनरेटेड र सेकेण्ड अनरेटेडलाई क्रमशः जनही ४हजार र २ हजार नगद र मेडल सहित पुरस्कृत गर्ने भएको हो ।


स्वीच लिगबाट आयोजना हुने सो प्रतियोगितामा सहभागि हुनेहरुकालागि दर्ता शुल्क रु. १ हजार तोकिएको छ । स्थानीय खेलाडीलाई भने रु. ५ सय मात्रै दर्ता शुल्क रहेको सचिव मचामसीले जनाए । सचिव मचामसीका अनुसार प्रतियोगिताको जेष्ठ १२ गते विहान १० बजे उद्घाटन हुने छ । पहिलो दिनमा पहिलो, दोस्रो, तेस्रो र चौथौ राउण्डका खेलहरु हुने छन् भने दोस्रो दिन अर्थात जेष्ठ १३ गते पाचौंैं, छैठौ, सातांै, आठांै र फाइनल प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम हुने छ ।