१२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई परीक्षा खारेज गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने हुँदा एसईई खारेज गर्न निर्देशन दिएको जानकारी दिनुभयो । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।
२९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । आज बैठकले २०७७÷०२÷२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गन निर्देशन दिएको छ भने बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । यस्तै सङ्घीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई आग्रह गरेको छ भने मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्यतथ्य बुझी समस्या समाधान गर्न पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...












