महालक्ष्मी र व्यासीमा बजार अनुगमन, अखाध्यबस्तु नष्ट

महालक्ष्मी र व्यासीमा बजार अनुगमन
भक्तपुर, २४ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा महालक्ष्मी र व्यासीमा सात वटा खाद्य, मासु पसलहरुमा बजार अनुगमनमा दशैंको लागि पसल व्यवसायीहरुले लिएको सामानहरु म्याद नाघेको पाइएकोले व्यवसायीहरुलाई लेवलमा उत्पादन र म्याद नाघेको मिति हेरेर मात्र सामान लिन सुझाब दिनु भयो ।
अनुगमनमा रामगोपाल माकजूको किराना पसल मिनिमार्टमा दर्ता गर्नुपर्ने, प्याकेजिङ्ग सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेर मात्र विक्रि वितरण गर्न, पसल सरसफाई गरी व्यवस्थित गर्नु पर्ने, तराजू नापतौल विभागमा नविकरण गर्नु पर्ने र म्याद नाघेको सामानहरु ताजा ब्रोकन नुडल्स १० पाकेट, बिरयानी मसला ५ पाकेट, ट्रोपिक्यान स्लास १ वटा, सिक्स भिला पापड ६२ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै महालक्ष्मी फुड एण्ड जुस सेन्टर तीन दिन भित्र दर्ता गर्ने, ढक तराजू नापतौल विभागमा नविकरण गर्ने र म्याद नाघेको सामानहरु रियो जुस ४८ वटा, डाइजेस्टिभ विस्कुट २ पाकेट, फर्मलाइट ओट १ पाकेट, डेटक्राउन ३ पाकेट, स्विट टमारिण्ड इम्लि २ बट्टा, कुकिज बिस्कुट २ पाकेट, ५०० मिलिलिटरको मिरिण्डा र पेप्सी ४÷४ वटा जफत गरी नष्ट गरियो साथै तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै इजी मल्टी स्टोर दर्ता नविकरण गर्न, म्याद नाघेको सामान मेलो जेल चकलेट २३ पाकेट, ब्रेड कम्बस चकलेट ४ पाकेट, सोरया चकलेट १ पाकेट, कफि एण्ड टि १ पाकेट, नेष्टकफि गोल्डेन ब्लेण्ड ११ पाकेट, गोल्ड चेरी ४ पाकेट, जाइफल ४ पाकेट, चिकेन सुप ५ पाकेट जफत गरी नष्ट गरियो भने आइतवार दिउँसो १२ः०० बजे कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा लेवलमा उत्पादन र म्याद नाघेको मिति नभएको सामान विक्रि वितरण नगर्न, मुल्य सूचि राख्न निर्देशन दियो ।
त्यस्तै सानुमैया शाहीको राँगोको मासु पसल दर्ता तीन दिन भित्र गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र पसल दर्ता गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै न्यू महालक्ष्मी कोल्ड स्टोरमा बधस्थलमा कुखुराको टाउको र खुट्टा छरपष्ट गरी भुई फालिराखेको व्यवस्थित र सरसफाई गर्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न निर्देशन दियो । त्यस्तै भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सप्लायर्स दर्ता नविकरण गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न र मुल्य सूचि राख्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक प्रियंका बस्नेत, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलश्वरी खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।

सुर्यबिनायकमा बजार अनुगमन
भक्तपुर, २१ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुर्यबिनायकमा पाँच वटा खाद्य, मासु पसलहरुमा बजार अनुगमन भयो ।
अनुगमनमा आधुनिक कृषि तरकारी पसलको दर्ता प्रमाणपत्र र खाद्य विभागबाट अनुज्ञा पत्र लिई प्याकेजिङ्ग सामानहरुमा लेबल राखेर मात्र विक्रि वितरण गर्नुपर्नेमा सो प्रमाणपत्र नदेखाएकोले उक्त प्रमाणपत्र लिई कार्यालयमा हाजिर हुन र तराजु नविकरण गर्न साथै म्याद नाघेको सामानहरु बि बि डि ध्यू ८ वटा, महेश भुजिया २ पाकेट, रेड लेवल मसला चिया ४ पाकेट जफत गरि नष्ट गरिएयो । त्यस्तै प्रताप किराना स्टोर म्याद नाघेको सामानहरु दालको पिठो ६ पाकेट, रेड चिली १ पाकेट, ड्राई फ्रुटस १ पाकेट, चिकेन सुप १ पाकेट, फुरन दाना १ पाकेट, पास्ता १ पाकेट, शक्ति ध्यू १ केजि ३ पाकेट, काजु १ पाकेट जफत गरी म्याद नाघेको सामानहरु छुट्टै स्टोरमा राख्न निर्देशन दियो । त्यस्तै अजिमा किराना पसलमा म्याद नाघेको सामानहरु निर्मित दालमोठ १ पाकेट, शिवशंखर दालमोठ २४ पाकेट, डाबर च्ववनप्रास १० पाकेट, वोर्नभिटा १ पाकेट, मिस्टर व्हाइत सोडा १ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र ५ केजिको ढक जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै प्रहर किराना स्टोरमा म्याद नाघेको सामानहरु पापड ५२ पाकेट, मरिच १ केजि, वेसार १२ पाकेट, खुर्सानी ४ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र पसल दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै बाराही मिट शपमा पसल व्यवस्थित गर्न निर्देशन दियो ।


अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक सानु श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।