कोरोना संक्रमित १ लाख नाघ्यो, भक्तपुरमा आज १३० संक्रमित
काठमाण्डौ, असोज २३ गते
मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । आज १३ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा थपिएका २ हजार ५९ जना संक्रमित सहित संक्रमित हुनेको संख्या १ लाख नाघेको हो । अहिले संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १हजार ६ सय ८० जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको हुनेको संख्या ७३ हजार २३ पुगेको जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् । क्वारेन्टिनमा भने ४ हजार ७०३ जना रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशका विभिन्न प्रयोग शालाहरुबाट ११ लाख४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरी सक्दा १ लाख ६७६ संक्रमित पुष्टि भएका हुन ।
मन्त्रालयको तथ्यांग अनुसार पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेहरुमा काठमाण्डौ जिल्लाका ८७ वर्षीय एक महिला र ७१ वर्षीय एक पुरुष, झापाका २१ र ५२ वर्षीय दुई पुरुष, सुनसरीका ४६, ५२ र ६८ वर्षीय तीन पुरुष र ललितपुर जिल्लाका ८४ वर्षीय एक पुरुष, रुपन्देहीका ४७ र ८४ वर्षीय दुई पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६०० पुगेको छ । अहिले भन्टिलेटरमा ७५ जना र आइसियूमा ३१८ जना उपचारमा रहेका छन् । हाल ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सुर्खेत, मोरंग र सुनसरी जिल्ला छन् । मनांग र मुस्तांग जिल्ला भने कोरोना सून्य जिल्लामा छन् ।
आज काठमाण्डौ उपत्यकामा मात्र १ हजार ४ सय ९ जना संक्रमित भएका छन् । आज संक्रमति हुनेहरुमा काठमाण्डौ जिल्लाका मात्रै १ हजार ११६ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुरका १३० जना रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोना भाइरस संक्रमण वृद्धि भइरहेको बेला बृद्धहरुलाई चाँदै कोरोना सर्ने भएकाले यसपालिको दशैमा उनीहरुको आर्शिवाद अनलाईबाटै लिन भनिएको छ र नयाँ लुगा किन्न बजार जाँदा कोरोनाको जोखिम बढी भएकाले आफूसँगै भएका लुगा लगाउन पनि अनुरोध गर्नु भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














