भक्तपुरमा थपियो ८१ जना कोरोना संक्रमति
भक्तपुर, भाद्र २८ गते
भक्तपुरका ८१ जना थप कोरोना संक्रमित भएका छन् । आइतबार काठमाण्डौ उपत्यकामा ५९७ जनामा कोभिड १९ संक्रमित भएको पुष्टि भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस मध्ये भक्तपुरका ८१ जनामा कोरोना पोजेटि पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार काठमाण्डौका ४८३ भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना गरी आइतबार एक्कै दिन ५९७ जना कोरोना संक्रमित भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरका २२ जना महिला र ५९ जना पुरुष सहित ८१ जना संक्रमित भएका हुन । भक्तपुरमा कोरोना संक्रमण घट्यो भनि चर्चा भइरहेको बेला एक्कासी एक्कै दिन ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकाका ५९७ जना सहित देशभर भने आईतबार १ हजार ३९ जना कोरोना संक्रमित भएको पनि डा.गौतमले जनाएको छ । योसँगै कुल संक्रमतिको संख्या ५४ हजार १५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १७३ जना संक्रमित कोरोना मुक्त भएको भन्दै संक्रमण मुक्त हुने कुल संख्या ३८ हजार ६९७ पुगेको बताएको छ । अहिले सक्रिय कोरोना संक्रमित १५ हजार ११७ रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म कोरोना संक्रमित भई मुत्यु हुनेको संख्या ३४५ पुगेको छ । संस्थागत आइसोलेसनमा ७ हजार ७३१ र होम आइसोलेसनमा ७ हजार २८७ छन् भने क्वारेन्टिनमा ६ हजार ५३६ जना रहेका छन् ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













