व्यवसायीलाई जिप्रका भक्तपुरको आचारसंहिता सार्वजनिक

व्यवसायीलाई जिप्रका भक्तपुरको आचारसंहिता  सार्वजनिक
भक्तपुर, पुस २० गते
जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीहरुले पालना गर्नुपर्ने विषयहरु२०७९ सार्वजनिक गर्दै आज भक्तपुरमा वजार अनुगमण तथा उपभोक्ता हित संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सार्वजनिक विषयको होडिङ बोर्डलाई भक्तपुरका ४ वटै नगरपालिकाहरुमा राख्ने ब्यवस्थाका साथ व्यवसायी र उपभोक्ता बीचको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै ब्यवसायी र उपाभोक्ताहरुले निभाउनुपर्ने भूमिकाहरु बारे अन्तरक्रिया गरेका हुन ।
व्यवासायीले आफ्नो व्यवसाय दर्ता प्रमाण पत्र, कर प्रमाण पत्र, अन्य कागजातहरु, मूल्य सूची साइन बोर्ड अनिवार्य रुपमा राख्नुपर्ने, नियमति नविकरण गर्नुपर्ने, बस्तुको ग्यारेन्टी वा वारेन्टी मिति राख्नुपर्ने लगायत खाद्य सम्बन्धी, राजश्व सम्बन्धी त्यसै गरी गणस्तर तथा नापतौल,कृषिमा बीउबिजन, विषाढी, रासायनिक मल विक्रेताकालागि व्यवसायको सरसफाई र स्वास्थ्यता, व्यवसायको भौतिक संरचना लगायतका विविध विषयहरुमा पालना गर्नुपर्ने कुराहरुलाई उल्लेख गरी ब्यवसायलाई निर्देशित तथा उपभोक्ताहरुलाई सचेत पार्ने अभियान सुरु गरेको छ ।


बजार अनुगमणलाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई जोड दिदै सहभागि अतिथीहरुले सेवा तथा बस्तु खरिद गर्दा गुणस्तर, मूल्य, नापतोल हेरेर मात्र खरिद गर्ने बानी बसाल्न, बस्तुत तथा सेवा खरिद गर्दा प्राप्त बील विजकका साथै वारेन्टी। ग्यारेन्टी कार्ड लिई सुरक्षित राख्ने वानी बसाल्न, खरिद गरिएको वस्तु तथा सेवामा कुनै कैफियत देखिएमा आवश्यक छान विन र कार्वाहीका लागि तत्काल जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहहरुमा सूचना जानकारी दिन आग्रह गर्दै बजारलाई स्वच्छ र स्वस्थ्य बनाई सुशासन कायम गर्न राज्य प्रदत अधिकार प्रयोगका साथै कर्तब्य पनि पालना गर्न अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका मणिराम नेपाल, जिसस भक्तपुरका इश्वरबहादुर थापा, चनपाका प्रमुख जीवन खत्री, राष्ट्रिय उपभोक्ता समितिका जिल्ला अध्यक्ष मनोज थापा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर र साहयक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि बोल्नु भएको थियो ।