पुनर्निर्माणमा टिआई नेपालको एक दिने
परामर्श शिविर आयोजना
भक्तपुर, श्रावण २२ गते
भक्तपुरका भूकम्प पीडितहरुका लागि एक दिने साहायता कक्ष स्थापना गरेको छ ।
सुशासन र भ्रष्टाचार विरोधी अभियानमा निरन्तर लागि रहेको टन्सपरेन्सी इन्टरनेशनल नेपालले बुघबार भक्तपुरका भूकम्प पीडितहरुका लागि सहजीकरण शिविर आयोजना गरेको हो । एक दिने सो शिविरबाट भक्तपुरका १४ जना लाभग्राहीले परामर्श लिएका थिए । सो अवसरमा सरकारी पुनर्निर्माणको किस्ता लिन विभिन्न अप्ठेरोमा परेका समुदायलाई अनुदान लिने प्रकृया बारे परामर्श दिएका थिए । भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार, जवाफदेहीता र जिम्मेबारीता एवं पारदर्सिताका सवालमा समुदायलाई सचेतिकरण गर्नेक्रममा बुघबार राष्ट्यि पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भक्तपुरको कार्यालय परिसरमा बसेर सो परामर्श दिएको टिआई नेपाल भक्तपुर जिल्ला अधिकृत जुनु ढकालले जनाएको छ ।














