३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा साहित्यिक कार्यक्रम

३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा साहित्यिक कार्यक्रम
– राजुराम मुनंकर्मी
भक्तपुर,
“अपाङ्गता समावेशी समाजकाे प्रवर्द्धन : सामाजिक उन्नतिकाे सम्वर्द्धन ” काे नारासँगै अपाङ्गता समन्वय समिति, भक्तपुर, सि.वि.आर. भक्तपुर, नेपाल परिवार नियाेजन सङ्घ-उपत्यका शाखा र भक्तपुर साहित्यिक समाजकाे संयुक्त आयाेजनामा स्थानीय सि.वि.आर.संस्थाकाे सभाकक्षमा ३४ अाैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा साहित्यिक कार्यक्रम आयाेजना गरी मनाईयाे । उक्त साहित्यिक कार्यक्रममा भसासका सदस्य स्रष्टाहरू क्रमश: राजुराम मुनंकर्मी ( लघुकथा) , काशिराम विरस ( लघुकथा) , सुलाेचना सैंजु जाेशी (लघुकथा), राजेन्द्र चित्रकार (कविता),माेहन के. वासु (कविता), चन्द्र लाल भाेमी (कविता) ले विविध अपाङ्गिता भएका व्यक्तित्वहरूकाे पीडा, दुःख अनि जिवन भाेगाईका विषय समेटिएका रचना वाचन गर्नुभयाे भने अन्य संस्थाका सदस्य स्रष्टाहरू बाबु कृष्ण रन्जित (गीत), बिक्रम ह्यंगजु (कविता), सुलाेचना भ्वयद्याे (कविता) र गाैतम सुवाल (कविता) ले अपाङगता सम्बन्धी विविध रचना वाचन गर्नुभएकाे थियाे ।


भक्तपुर सि.वि.आर.संस्थाका अध्यक्ष रमेश राम श्रेष्ठकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल परिवार नियाेजन सङ्घ उपत्यका शाखाका निर्देशक सराेज अर्यालले ३० आैं वर्ष देखि जिल्लाभरिका सम्पूर्ण सङ्घ संस्थाहरूसँग मिलेर संयुक्त रूपमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे स्मरण गर्नुहुँदै हाल केही वर्ष देखि खण्ड खण्ड समुहमा परिणत भएकाे बताउनुभयाे । त्यसैगरी अन्य अतिथिहरू सि.वि.आर.संस्थाका संयाेजक सुरेश प्रधान, भसास अध्यक्ष राजुराम मुनंकर्मी, वरिष्ठ साहित्यकार धनमान श्रेष्ठलगायतले अपाङ्गिता दिवसमा साहित्यकाे महत्वबारे अतिथिय मन्तव्य व्यक्त गर्नुभयाे ।
भक्तपुर जिल्ला समन्वय समितिका सुरेश राजभण्डारीले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा सहभागीहरूलाई सहजकर्ता विद्या राजभण्डारीले कृतज्ञता ज्ञापन गर्नुभयाे ।