स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत द्धारा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत द्धारा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन ।
आज मिति २०८०।०५।११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत द्धारा भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गर्नु भएको छ ।

अनुगमनको क्रममा केन्द्रका विभिन्न स्थानको निरिक्षण गर्नुका साथै केन्द्रमा उपचाररत विरामीहरु सँग उपचारका क्रममा भएको समस्याहरुको वारेमा प्रत्यक्ष जानकारी लिनु भयो ।

यसै क्रममा स्थापनाकाल देखि हाल सम्म केन्द्रमा उपलब्ध सेवा तथा प्रगति वारेमा को वारेमा प्रस्तुतीकरण गर्नुहुँदै केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण विरामीहरुलाई सेवा दिन असुविधा रहेको कुरा उल्लेख गर्नु हुँदै उपयुक्त स्थानमा केन्द्रको लागि आवयश्क जग्गा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष आग्रह गर्नु भयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निरिक्षणका कम्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रले राम्रो काम गरिरहेकोमा केन्द्रको कामको साराहान गर्नु भयो साथै केन्द्रका लागि आवश्यक पूवाृधार विकास तथा गुण्स्तरीय सेवाको सुधारमा सहयोग गर्न आपूm सधैंै तत्पर रहेको कुरा समेत बताउनु भयो ।

स्थापनाको ११ वर्ष अवधिमा केन्द्रले ११०८ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ ।