पूर्व अध्यक्ष स्व. ढुगनाप्रति टीआई नेपालद्वारा शोक व्यक्त
काठमाण्डौ, मंसिर ४ गते
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका संस्थापक तथा पूर्व अध्यक्ष दमननाथ ढुंगानाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै टीआई नेपालले शोक विज्ञप्ति जारी गरेको छ । पूर्व अधयक्ष ढुंगानाको निधनले हामी स्तब्ध भएका उलेख गर्दै अध्यक्ष मदनकृष्ण शर्माले आजभन्दा २९ वर्षअघि नेपाली समाजका केही प्रबुद्ध व्यक्तिहरूको अग्रसरतामा यस संस्था स्थापना गर्न÷गराउन स्वर्गीय ढुंगानाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । संस्था स्थापना भएको केही वर्षपश्चात् अध्यक्षको हैसियतले नेपालमा नागरिक स्तरबाट भ्रष्टाचार विरोधी अभियान संस्थागत गराउन उहाँले विविध कार्यक्रमको सुरुवात पनि गर्नुभएको थियो ।
स्व. ढुंगाना मानवअधिकार, संविधान तथा कानुन, न्याय, समाजसेवा लगायत राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहँदैआउनु भएको भन्दै अध्यक्ष शर्माले उहाँ २०४६ सालमा बहुदलीय व्यवस्थाको पहिलो सभामुखको रुपमा पनि निर्वाचित हुनुभएको र अथक चिन्तनशील र सेवाभावी भएको जनाएको छ । उहाँको निधनबाट यस संस्थाले आफ्नो एक शुभचिन्तक गुमाएको अनुभूति गरेको अध्यक्ष शर्माले जनाएको छ । यस दुःखद् घडीमा उहाँको आत्माको चिर–शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल प्रार्थना गर्दछ विज्ञप्तिमा भनिएको छ । अध्यक्ष शर्माले श्रद्धाजली विज्ञप्तिमार्फत भने
उहाँले प्रस्तुत गर्नुभएको आदर्शको उच्च कदर गर्दै यस संस्थाका पदाधिकारी, सदस्य र कर्मचारी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













