काठमाडौं । नेपालको सिमाना लिम्पियाधुरा कायम रहने गरी अद्यावधिक नक्सा राख्ने कार्यप्रति नेपाल सरकारलाई राष्ट्रिय उद्योग व्यापार महासंघले धन्यवाद दिएको छ । महासंघका अध्यक्ष शिव कटेलले शनिबार नै विज्ञप्ति प्रकाशित गरी यो कार्य ऐतिहासिक भएको टिप्पणी गरेको छ । सुगौली सन्धि भएर नेपालको सिमाना कायम भएको दुई सय चार वर्षसम्म आफैंले आफनो सम्पूर्ण भूभाग समेटिएको नक्सासमेत बनाउन नसकेको परिवेशमा नेपाल सरकारको २०७७ जेठ ५ गतेका मन्त्रीपरिषद्को बैठकले पश्चिम नेपालको सिमाना लिम्पयाधुरा कायम रहने गरी नेपालको नापी विभागले सिफारिस गरेको नेपालका अद्यिाविधका नक्सा पास शनिबार संसदबाट पास गरेको कार्य ऐतिहासिक भएको महासंघले जनाएको छ । संविधानको अनुसूचि तीनलाई शंशोधन गरी अद्यावधिक नक्सा राख्ने कार्यमा मतदान गर्नुहुने सम्पूर्ण साँंसदलाई पनि महासंघले धन्यवाद दिएको छ । अव सुगौली सन्धी अनुसार नेपालको पश्चिमेतर सिमाना महाकाली नदी भएको र महाकालीको उदगमस्थल लिम्यिायाधुरा भएको सर्वसम्मतिबाट लिम्पयाधुरालाई त्रीदेशीय विन्दु कायम गरी सिमाना सुरक्षा गर्न सरकारसँंग महासंघले आग्रह गरेको छ । साथै भारतद्धारा खोलिएको बाटोमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न महासंघले सरकारलाई सुझाब दिएको छ । साथसाथै भारतसँंग तुरुन्त दुईपक्षीय वार्ता गरी यसका लागि विज्ञ टोलीहरु बनाई वार्ताको रणनीति वनाउन लगाउन पनि महासंघले सरकारसमक्ष आग्रह गरेको छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













