२ घण्टामा ३३ जनाले रक्तदान

भक्तपुर जेठ ३१ गते शनिवार
लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा आज भक्तपुर नगरपालिका वडा नं.५ क्वाछेँ टोलमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । आज बिहान क्वाछेँ टोलमा करिव ८ः३० बजे देखि १०ः३० बजे सम्म २ घण्टा सम्म भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लव अफ भक्तपुर भैरबका अध्यक्ष श्रीचरण अमात्यले बताउनु भयो । उहाँका अनुसार लकडाउनको समय त्यसमा पनि धान रोपाईको समयमा रक्तदान गर्ने दाताहरु कम हुने हुनाले रक्त संचार केन्द्रमा रगतको अभाव नहोस् भनी सक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रक्तदातालाई एकछिन आराम गराई पौष्टिक खानेकुरा फलफुल, जुसको व्यवस्था गरिएको थियो ।