भक्तपुर, जेष्ठ २६ गते
आडिटी परीक्षणमा पोजेटिभ आएका सुत्केरीको मृत्युपछि भक्तपुर अस्पतालको सेवा प्रभावित भएको छ । पीसिआर परीक्षणको रिर्पोटको प्रतिक्षा गर्दै सुत्केरी गराउन संलग्न चिकित्सक, नर्स र कर्मचारीहरुलाई आशोलेशन वार्डमा राखिएको अस्पतालले जनाएको छ । डेलिभरीको लागि आइतवार अस्पतालमा आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या भएकी र जाँच गर्दा छातीमा खराबी देखिएको उल्लेख गर्दै मृतक सुत्केरीको पिसिआर रिर्पोट नआएसम्म नयाँ विरामी भर्ना नगरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था मिलाएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाउनु भएको छ । हिजो ६ः१५ बजे भक्तपुर अस्पतालमै बच्चा जन्माएकी ति ३६ वर्षिय महिलाको साँझ ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरीको मृत्युपछि अस्पतालले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पिसिआर रिर्पोट आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको समन्वयमा आवश्यक निर्णय लिने अस्पतालले जनाएको छ । सिन्धुपालचोक घर भई हाल भक्तपुरको झौखेलमा बस्दै आएकी ति मृतक महिलाले जन्मिएको बच्चा भने स्वस्थ रहेको उल्लेख गर्दै अस्पतालले मृतकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति र परिवारको समेत स्वाब संकलन गरी राष्ट्यि प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाएको जनाएको छ । सो घटनापछि नयाँ विरामी भर्ना नलिए पनि विरामीको सेवा सुचारु रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाउनु भएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














