जुम मार्फत बन्दाबन्दीको अवस्थामा सहकारी नेतृत्वको भुमिका विषयक अभिमुखिकरण

भक्तपुर, जेष्ठ २७ गते
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा जुममार्फत २०७७ जेष्ठ २७ गते बन्दाबन्दीको अवस्थामा नेतृत्वको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बन्दाबन्दीको अवस्थामा प्रविधिको प्रयोग गरी निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो ।
संघको तालिम व्यवस्थापन उपसमितिका सदस्य तुल्सीहरि प्रजापतिले बन्दाबन्दीकोे अवस्थामा नेतृत्वको भुमिका विषयक प्रस्तुतीकरण गर्दै सहकारीमा संकटकालीन नेतृत्वको प्रत्यक्ष अप्रत्यक्ष भुमिका विषयमा चर्चा गर्नुभयोे । वहाँले संकटको बेलामा सहकारीका नेतृत्वले प्रत्यक्षरुपमा सहकारी संस्था र सदस्य सँग सम्वन्धित बिषय बस्तुहरुमा ध्यान पुर्याउन आवश्यक छ भने अप्रत्यक्षरुपमा समाजसँग पनि जोडेर सामाजिक कार्यमा अग्रणी भुमिका खेल्नुपर्ने कुरा बताउनु भयो । सहकारीका संचालक समिति र उपसमितिका पदाधिकारीहरुले ‘सहकारी’ शब्दलाई ध्यानमा राखी सोको अक्षरको आधारमा व्याख्या गर्दा पनि सबैसंग जोडिने, हरेक पक्षको अध्ययन गर्ने, काम कार्वाहि अघि बढाउने र रीति बसाउने जस्ता शुत्रलाई मनन गरी अघि बढ्न सक्ने विचार राख्नुभयो ।


प्रस्तुतीको समिक्षा गर्दै तालिम व्यवस्थापन उपसमितिको सदस्य विश्वबहादुर दुवालले प्रस्तुती सरल सहज प्रभावकारी ढंगबाट प्रस्तुत गर्नुभएकोमा धन्यबाद गर्दै नेतृत्वले ठाँउ, परिवेश र समय अनुसार नेतृत्वका भुमिका फरक पर्ने कुरालाई पनि ध्यानमा राखी अघि बढ्नुुपर्ने कुरा बताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा ६९ जनाको सहभागिता रह्यो । कार्यक्रममा अहिलेको बन्दाबन्दीको अवस्थामा सदस्य सेवा, वित्तीय व्यवस्थापन र कार्यालय व्यवस्थापनका वारेमा उठेको जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्रस्तुतकर्ता तुल्सीहरि प्रजापति र व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भएको थियो । जुममा जोडिनुभएका सम्पुर्ण सहभागिलाई धन्यवाद दिदै संघका उपाध्यक्ष हरि बल्लले संघले प्रदान गर्ने कार्यक्रमको बारेमा सहकारी सहकारी मार्फत सूचना सम्प्रेशन गर्नुपर्ने कुरा बताउनुभयो ।