
यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोड्नुभयो । त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाउनुभएको थियो । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल हुनुभएको छ । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो । चञ्चलाले रजत त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जित्नुभएको छ । उहाँ फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित हुनुभयो । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोड्नुभयो । यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गर्नुभएको थियो ।












