भक्तपुरका दुई ठाउँमा सिल,
सापारु पर्वले औपचारिकता पूरा गर्दै
भक्तपुर, श्रावण १९ गते
कोरोना भाइरसको जोखिमका बीच भक्तपुरमा सापारु अर्थात गाईजात्रा पर्व औपचारिक रुपमा मनाइरहेको छ । सिमित व्यक्तिहरु मात्र सहभागि भएर मंगलबार राती देखि गाई घुमाउन थालेका हुन । घिन्ताघिसि नाचँ र बाजा एवं विभन्न साँस्कृतिक एवं परम्परागत नाँचगान प्रस्तुत नगरी औपचारिकता पूरा हुने हिसावले पर्व मनाई रहेको हो । विगतमा सयौ जना सहभागि हुने ताहा साःसँगैको यात्रामा यसपालि ८।१० जना सदस्यहरु मात्रै सहभागि भएर यसपालिको गाई जात्रा पर्वलाई शान्तिपूर्ण रुपमा मनाइ रहेको हो । कोरना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखि स्थानीय स्तरबाटै नगरभरी स्वयंसेवकहरु समेत परिचालन गरिएकाले पनि आफू खुसी गाईजात्रा प्रस्तुत नगरी औपचारिकता पूरा गर्ने हिसावले मात्रै जात्रालुहरु प्रस्तुत भइरहेका हुन । गत वर्ष मानिस मरेका घर परिवारले मृतकको बैकुण्ठ वास हुने मनोकाक्षाका साथ गाई जात्रा पर्व मनाउने परम्परालाई कोरना भाइरस संक्रमणको जोखिमलाई समुदायस्तरबाटै व्यवस्थापन भएको देखिएको छ ।
भक्तपुर नगरपालिका, वडाका विभिन्न टिम, क्लव, दाफा भजन, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयको संयुक्त प्रयासले यसपालिको गाईजात्रा पर्वलाई औपचारिकतामा मात्र सिमित गर्न गरेको आग्रह अनुसार नगरवासीहरुले जात्रा व्यवस्थापन गरिरहेको हो ।

सोमबार मात्रै भक्तपुरका ५ जनामा कोरना संक्रमण पुष्टि भएको थियो । संक्रमित भेटिएका भनपा २ स्थित औद्योगिक क्षेत्रमा र भनपा ४मा प्रहरीले सोमबारबाटै सिल गरी सकेको थियो भने औद्योगिक क्षेत्रका संक्रमित व्यक्ति भारतबाट आएका मजदुर रहेको तथा उनी भक्तपुर आएपछि भक्तपुर नगरका विभिन्न क्षेत्रमा समेत घुमिसकेको कुरा खुलेपछि कोरना भाइरसको जोखिम समुदायमा समेत फैलि सकेको हुन सक्ने अनुमान समेत गर्न थालेको छ । काठमाण्डौ उपत्यकाका ५१ जना सहित सोमबार एक्कै दिन ४१८ जनामा कोरना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।
यस्तो बेला सुरक्षित तवरले जात्रा व्यवस्थापन गर्न सकिएन भने कोरना भाइरसको जोखिम बढ्ने वा भयाभह हुन सक्ने कुरामा समुदाय आफै सर्तक हुनुपर्नेमा संस्कृतिविद एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगलले जोड दिएका छन् । साँस्कृति एवं धार्मिक महत्व बोकेको भन्दैमा गाईजात्रा पर्व धुमधुमले मनाएर हुलमुल गर्नु थप जोखिम निम्त्याउने भएकाले सिमित व्यक्तिहरुले मात्रै मनाएर औपचारिकता पूरा गर्नु उपयुक्त हुने विचार व्यक्त गरेका हुन ।














