काठमाण्डौमै बन्दै पीपीइ सेट, सरकारी निकायको असहयोग रहेको खुलासा !

भक्तपुर, चैत्र १५ गते
चिकित्सा क्षेत्रमा चिकित्सकहरुकै सुरक्षाको लागि पीपीइ सेट काठमाण्डौमै बनाउन थाल्दा पनि सरकारी निकायले प्रर्याप्त सहयोग र समन्वय नगरेको भन्दै विभिन्न संघ संस्थाहरुले दुःखसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरु रोइकराई पीपीई माग गरिरहेका छन् तर सरकारी निकायले काठमाण्डौमै विश्व स्वास्थ्य संंगठनको मापदण्ड अनुसार पीपीई, माक्स र स्यानेटाइजर निर्माण गरी रहेकाहरुलाई सहयोग र सामान्य समेत गरि नरहेको राष्ट्का लागि युवा संस्थाका अध्यक्ष डाक्टर निकिलेश भूसालले जनसञ्चार खवरलाई बताउनु भएको छ । शुक्रवार भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रका लागि १८ सेट पीपीई, माक्स र स्यानेटाइजर ल्याइदिन्दै उहाँले उहाँ जस्तै जागरुक युवा चिकित्सक र सामाजिक अभियानकर्ताहरुले काठमाण्डौ मै कोरना भाइरस परीक्षण गर्ने किट समेत बनाउने तयारी गरी रहेको छ तर सरोकारवाला निकाय, स्वास्थ्य मन्त्रालय, विभाग र अस्पतालहरुको ध्यानाकर्षण गराइ रहँदा पनि खासै ध्यान नदिएकाले आफूहरुले बजारमा माग गरे अनुसार पीपीई, माक्स र स्यानेटाइजर समेत पुर्याउन नसकेको उनले बताए ।


कोरना भाइरस जोखिम न्यूनिकरणका लागि अतिआवश्यक पीपीइ सेट, विभिन्न माक्स र स्यानिटाइजर लगायतका सामाग्रीहरु काठमाण्डौमै उत्पादन सुरु गरी अति आवश्यक ठाउँको लागि बितरण थालेको डाक्टर भूसालले बताएका हुन । विदेशबाट ल्याउने भन्दा भन्दै टेकु अस्पतालमा कार्यरत डाक्टर चिकित्सक एवं नर्स र स्वास्थ्यकर्मी समेत जोखिम मोलेर उपचारमा खतिनुपरेको गुनासो र समस्यालाई सहजिकरणका लागि युथ फर नेशन लगायत विभिन्न सामाजिक संघ संस्थाहरुले पीपीइ सेटको एन २ र एन ३ समेत उत्पादन थालेको उनले बताए भने बजारमा अभाव भइरहेको पेपर माक्स सहित अन्य थरिथरिका माक्सहरु सहित स्यानिटाइजर पनि स्वदेशमै उत्पादन थालेको हो । पर्याप्त कच्चा पदार्थ नभए पनि उपलब्ध स्रोतको आधारमा तालिम दिएर गुणस्तरीय सामग्री उत्पादन गर्न थालेको एक हप्ता भएको युथ फर नेशनले बताएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रलाई आज १८ सेट पीपीइ सेट र स्यानेटाइजर हस्तान्तरण गर्दै युथ फर नेशनलाई जति धेरै आर्थिक सहयोग गर्यो त्यतिनै संख्यामा निःशुल्क अतिआवश्यक चिकित्सक एवं अस्पतालहरुमा सामग्री बितरण गरीरहेको युथ फर नेशनका अध्यक्ष भूसालले बताएका छन् ।

सरकार र सम्बन्धित निकायसँग पटक पटक छलफल गर्दा पनि कोरना भाइरस संक्रमितको संख्या नेपालमा नबढेकोले सरकारले पनि त्यति ध्यान नदिएको हुन सक्ने आफूलाई महसुस गराएको बताए । अस्पतालमा विरामीको उपचारमा लागेको चिकित्सकहरु रोइकराई पीपीईको माग गरिरहेका छन् तर सरकार र सरोकारवाला निकायले विदेशबाट झिकाउने भन्दै न हामीलाई स्वदेशमै बनाउन दिने व्यवस्था गरेको छ न त विदेशबाट झिकाएको छ । यसको प्रत्येक्ष मार अग्रपक्तिमा रहेर क्रियाशिल जुनियर डाक्टर, चिकित्सक र नर्स तथा स्वास्थ्यकर्मीहरुलाई परेको भन्दै यूथ फर नेशन लगायत विभिन्न संघ संस्थाहरुको समन्वयमा र सरकारी चिकित्सकहरुको परामर्शमा पीपीइ सेट, विभिन्न माक्स र स्यानेटाइजरहरु उत्पादनमा जोड दिदै आएको बताए । उत्पादित पीपीइ सेट दुई हजार देखि २५ हजार सम्म पर्ने भन्दै अध्यक्ष भुसालले आवश्यक तयारी गर्न सके कोरना भाइरसको परीक्षण गर्ने किट समेत नेपालमै बनाउन तयारीमा साथीहरु जुति रहेको बताए । उहाँले जति सकिन्छ त्यति नेपालमै बनाउने र आवश्यक चीज विदेशबाट भए पनि झिकाउन अन्तर्राष्ट्यि कम्पनीहरुसँग छलफल भइरहेको समेत उनले बताए ।
यूठ फर नेशनका अर्का अभियान्ताले उत्पादित सामग्रीको माग दिनप्रतिदिन बढि रहेको भन्दै आफूहरुले उत्पादन गरेका सामग्री बाग्लुंग, पोखरा लगायत ग्रामिण क्षेत्रमा समेत पठाइसकेको बताएका छन् । दक्ष जनशक्ति र कच्चा पदार्थको अभावले माग भए अनुसार उत्पादन र वितरण गर्न नसकेको उनले बताए । बजारमा अभाव भइरहेको पेपर माक्स आफैले उत्पादन गर्दा बढीमा एउटाको ३ रुपयिाँ भन्दा बढी नपर्ने देखिएको बताएका छन् ।


जनस्वाथ्य सेवा केन्द भक्तपुरका प्रमुख एवं डाक्टर रत्नसुन्दर लासिवाले युठ फर नेशनले उपलब्ध गराएको पीपीई, माक्स र स्यानेटाइजरको परीक्षण गर्दै स्वास्थ्य उपचारमा उपयोग गर्ने तयारी गरेका छन् । कोरना भाइरसका विरामी बोक्ने तयारी अवस्थामा विशेष एम्बुलेन्सका सामग्री तयारी अवस्थामा राखेको बताउँदै डाक्टर लासिवाले कोरना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिन्दै ब्रम्हायणीस्थित बस पार्कमा बन्दै रहेको बहुउदेश्य भवनमा क्वारेन्टाइन र आइसोलेशन कक्ष बनाउन अध्ययन भइरहेको समेत बताए ।