भक्तपुर, जेष्ठ २६ गते
आडिटी परीक्षणमा पोजेटिभ आएका सुत्केरीको मृत्युपछि भक्तपुर अस्पतालको सेवा प्रभावित भएको छ । पीसिआर परीक्षणको रिर्पोटको प्रतिक्षा गर्दै सुत्केरी गराउन संलग्न चिकित्सक, नर्स र कर्मचारीहरुलाई आशोलेशन वार्डमा राखिएको अस्पतालले जनाएको छ । डेलिभरीको लागि आइतवार अस्पतालमा आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या भएकी र जाँच गर्दा छातीमा खराबी देखिएको उल्लेख गर्दै मृतक सुत्केरीको पिसिआर रिर्पोट नआएसम्म नयाँ विरामी भर्ना नगरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था मिलाएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाउनु भएको छ । हिजो ६ः१५ बजे भक्तपुर अस्पतालमै बच्चा जन्माएकी ति ३६ वर्षिय महिलाको साँझ ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरीको मृत्युपछि अस्पतालले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पिसिआर रिर्पोट आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको समन्वयमा आवश्यक निर्णय लिने अस्पतालले जनाएको छ । सिन्धुपालचोक घर भई हाल भक्तपुरको झौखेलमा बस्दै आएकी ति मृतक महिलाले जन्मिएको बच्चा भने स्वस्थ रहेको उल्लेख गर्दै अस्पतालले मृतकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति र परिवारको समेत स्वाब संकलन गरी राष्ट्यि प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाएको जनाएको छ । सो घटनापछि नयाँ विरामी भर्ना नलिए पनि विरामीको सेवा सुचारु रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाउनु भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













