लोकेश्वर साकोसको १९औं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न
भक्तपुर, १७ गते, असोज
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं बार्षिक साधारणसभा नेपाल सरकारको सहकारी नियमन प्राधिकरणबाट जारी भएको साधारण सभा संचालन सम्बन्धि निर्देशन अनुसार संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न भयो । संस्थाका जेष्ठ सदस्य जगतलाल खर्बुजाले संस्थाका बाल सदस्यहरुको बा“सुरीको धुनकासाथ पानसमा दीप प्रज्वलित गरी समुउद्घाटन गर्नु भयो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष जतिले सहकारी संस्था एक समाज र देश विकासको अभिन्न अ·को रुपमा विकसित भइ रहेको अवस्थामा केहि बेइमान सहकारी र संचालकहरुका कारण समुदायमा आधारित भई संचालित सहकारीहरुलाई समेत बैंककोे जस्तै नीति नियम बनाई सङकुचित बनाउन खोजिएकोमा आपत्ति जनाउनु भयो । सरकारले सहकारी मर्म अनुसार चलेका सामुदायिक सहकारीहरुको प्रबद्र्धन गरी नाफामुखी सहकारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने औल्याउनु भयो । सहकारी भनेको एक सु–व्यवस्थित एवं समुन्नत समाज निर्माणमा अग्रसर रहने एक साझा थलोका हुनुपर्ने बताउनु भयो । सहकारीले समाजको सा“स्कृतिक विकासमा टेवा पु¥याउन युवा पुस्तालाई जीवन उपयोगी शिपमूलक तालिमहरु दिई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्ने औल्याउनु भयो । संस्थाले स्थापनाकाल देखि नै पारदर्शी रुपमा आर्थिक क्रियाकलापहरु गर्दै आइरहेको र विभिन्न गतिविधिहरु मार्फत सदस्यहरुलाई सु–सूचित बनाउ“दै आएको बताउनु भयो । सहकारीमा देखिएका विभिन्न समस्याहरुका बावजुत संस्थाले निरन्तर रुपमा सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक प्रगतिलाई मध्यनजर गर्दै वित्तिय कारोबार गर्र्दै आएकोले प्रगति गर्न सम्भव भएको बताउनु भयो ।

संस्थाका संस्थापक एवं निर्वाचन समितिका संयोजक रविन्द्र खर्बुजाले सहकारीमा अहिले भै रहेको विद्यमान विकृति र विस·गतिलाई चिर्दै सदस्यहरु चनाखो एवं सजग रहनु पर्ने बताउनु भयो । देशको समसामयिक अवस्थाबारे विभिन्न पत्रपत्रिकामा आएका लेख रचनामाथि टिक्का टिप्पणी गर्दै हाल देशमा कृषकहरुलाई अत्यावश्यक रासायनिक मलमा दिदैैं आएको अनुदान स्थायी समाधान होइन, भारतीय विस्तारवादी नीतिले देशमा मल कारखाना खोल्न नसकेको औल्याउ“दै यथासिघ्र देशमै रासायनिक मल उत्पादन गर्नुपर्ने बताउनु भयो । भाद्र १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण देशले ठूलो धनजनको क्षति व्यहोरेकोमा दुख प्रकट गर्दै देशको अर्थतन्त्रमा पारेको गहिरो प्रभावको बारेमा जानकारी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले जेन–जी आन्दोलन बाह्य प्रभावबाट परिचालित भएको र त्यसमा नेपाली सेनाको संलग्नता रहेको विज्ञप्ति प्रशारण हु“दा ठूलो आलोचना भएको तात्कालिन अवस्थाको स्मरण गर्दै हाल ग्रेजोनबाट त्यसको पुष्टि हु“दा नेपाली जनता जिल्ल परेको बताउनु भयो । भक्तपुरमा ठुलो संख्या र क्षेत्रमा नेपाली सेनाको ब्यारेक स्थापना गर्नुमा ठुलो रहस्य रहेको औल्याउ“दै यहा“का जनता सधै सचेत हुनपर्ने बताउनु भयो । साथै उनले सहकारी संस्थाहरुले पनि सम्पदा संरक्षण र सबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
भनपा सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुरमा भएको किसान आन्दोलन, सा“ढे धपाउने अन्दोलन र अन्य विभिन्न आन्दोलनहरुको स्मरण गर्दै हाम्रा अग्रजहरुले गरेको योगदान र उनीहरुले खेलेको भूमीकाको बारेमा जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले नगरमा सहकारी क्षेत्रको सुधारका लागि नियमित रुपमा सहकारी संस्थाहरुको अनुगमन गर्दै आएको जानकारी दिनुभयो । साथै नगरपालिकाले शैक्षिक क्षेत्र लगायत अन्य विकास निर्माणका कार्यहरुको बारेमा प्रकाश पार्नुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि राजकुमार लघुले सधारण सभा सहकारीको एक आर्थिक बर्षमा भएका कार्यहरुको समीक्षा गर्ने मञ्च भएकाले संस्थाका सदस्यहरुले शुरु देखि अन्त्यसम्म बसी संस्थाको अवस्थाको बारेमा व्यापक छलफल एवं मूल्यांकन गरी आवश्यक सल्लाहसुझाब दिनुपर्ने कुरा राख्नुभयो । हाल सरकारले देश भर रहेका सहकारी संघहरुलाई पूर्णरुपमा बन्द गर्ने नीति ल्याएकोमा आपत्ति जनाउ“दै सम्पूर्ण सदस्य संस्थाहरुलाई एकजुत भई आवाज उठाउनुपर्ने कुरा राख्नुभयो । एक समुदायमा आधारित सहकारीले गर्नुपर्ने सम्पूर्ण कार्य संस्थाले गर्दै आएकोमा लोकेश्वर साकोस प्रति खुसी व्यक्त गर्दै संघले गर्नुपर्ने सहयोगहरु निरन्तर रहने जानकारी दिनुभयो ।
साधारणसभामा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकांबाट बार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रगति प्रतिवेदन, बाह्य लेखापरीक्षककोे प्रतिवेदन तथा आ.व. २०८३÷८४ को अनुमानित बजेट प्रस्तुत गरी सभाबाट पारित गरिएको थियो । साथै आ.ब. २०८२÷०८३ का असल ऋणीहरु, असल नियमित बचतकर्ताहरु, असल बाल बचतकर्ताहरु, अधिक सदस्यता बृद्धिकर्ता र अधिक शेयर खरिदकर्ता सदस्यहरुलाई सम्मान गरिएको थियो । ८२।७३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको उक्त सभामा उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।
साकोसको छैटौं अधिवेशनबाट प्रनेश बाटीको अध्यक्षतामा ८ सदस्यीय संचालक समिति र सुरेन्द्रभक्त सुवालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको घोषणा निर्वाचन मण्डलका संयोजक रविन्द्र खर्बुजाले गर्नुभयो ।















