जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्न

जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्न
भक्तपुर, ३ असोज। भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय रहेको जेंला दाफा भजन संस्थाको चौथो, पाँचौँ र छैटौँ साधारणसभा एक समारोहका बिच सम्पन्न गरेको छ ।
कार्यक्रमका प्मुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साधारणसभाकै अवसरमा आयोजित विशेष कार्यक्रममा लालाखिं र दाफा भजन प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
शनिबार भक्तपुरको नवदुर्गा पीठमा आयोजित सो कार्यक्रममा संस्थाका पदाधिकारी, प्रशिक्षक, प्रशिक्षार्थी तथा स्थानीय सांस्कृतिक प्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९का वडाध्यक्ष केपी कोजू, पूर्व वडाध्यक्ष महेन्द्र खायमलीसहित साँस्कृतिक गुरु एवं वक्ताहरूले परम्परागत दाफा भजन र मौलिक बाजागाजाको संरक्षण तथा प्रवर्धनमा यस्ता प्रशिक्षण र संस्थागत प्रयासले महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा जोड दिएका थिए।