इन्द्रेयणी मन्दिरको उद्घाटन तथा क्षमा पूजाको तयारी
भक्तपुर, भाद्र ३ गते
भक्तपुरको ऐतिहासिक इन्द्रेयणी मन्दिरको विहिबार क्षमा पूजा गर्ने भएको छ । इन्द्र जात्रा र विस्का जात्रामा विशेष जात्रा हुने यस मन्दिर भक्तपुर नगरको अष्ट मात्रिका भित्रका एक शक्ति पीठका रुपमा रहेको छ । सो मन्दिर मल्ल राजाहरुको महत्वपुर्ण मन्दिरको रुपमा रहे पनि १९९० सालको विनासकारी भूकम्पले भत्केपछि सामान्य रुपमा ममर्त कार्य पूरा गरी अस्तित्वमा रहेको सो मन्दिरको २०७२ सालको भूकम्पले पनि खासै क्षति नपुगेकोले पुनःनिर्माण कार्य ढिला भएको मन्दिर जिर्णौद्धार समितिका अध्यक्ष विनोदचरण रायले जनाएको छ । मन्दिर पूरानो तर सामान्य रुपमा रहेको सो मन्दिरलाई पुनःनिर्माण गर्न आवश्यक महसुस गर्दा गर्दै मन्दिर पुनःनिर्माण सुरु गरेको ६ वर्षपछि निर्माण कार्य पूरा गरी उद्घाटनको अन्तिम तयारीमा रहेको उहाँले बताउनु भयो ।
२०७२ सालको भूकम्पले पनि सामान्य मात्र क्षति पुगेकाले पुनःनिर्माण गर्ने कार्यमा प्राथमिकता नपर्दा पनि भक्तपुर नगर प्रवेश गर्ने महत्वपूर्ण क्षेत्रमा रहेको मन्दिर भएकाले पूरानै र परम्परागत शैलीमै बनाउने स्थानीय इच्छा बल्ल पूरा भएको अध्यक्ष रायले बताउनु भयो । स्थानीय जनताको श्रमदान र आर्थिक भौतिक सहयोगसँगै भक्तपुर नगरपालिकाको महत्वपूर्ण आर्थिक भौतिक सहयोगबाट सो मन्दिर पुनःनिमार्नण कार्य पूरा भएको समितिका कोषाध्यक्ष राध्येश्याम सैंजूले जनाएको छ ।
मन्दिर पुनःनिर्माणमा कोराना, आर्थिक नाकाबन्दी लगायतका कारणले धिला भए पनि नेवार समुदायको सांस्कृतिक पहिचान झल्किने गरी मन्दिरको जिर्णोद्धार भएको छ । मालकुमारी मन्दिरको रुपमा पनि परिचित सो मन्दिर ४ तल्लाको रहेको छ । परम्परागत ईट्टा र सुर्खिबाट बनेको सो मन्दिरमा काठकलाका आकर्षक झ्याल ध्वका र तोरणहरुले मन्दिरको मौलिकता झल्काइरहेको छ । सो मन्दिरको उद्घाटन तथा क्षमा पूजा भोली विहान ७ बजे देखि सुरु हुने समितिका सचिव कृष्णेश्वरी हाडाले जनाएको छ । सो ऐतिहासिक मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रम आयोजना हुने उहाँले बताउनु भयो । उद्घाटन समारोहका लागि सिद्ध पोखरी अर्थात भक्तपुरको इन्द्र दहबाट साँस्कृतिक झाँकी सहितको र्याली खौमास्थित इन्द्रेयणी मन्दिर परिसरसम्म पुगेर मन्दिरको उद्घाटन हुने उहाँले बताउनु भयो । मन्दिरको उद्घाटन पश्चात क्षमा पुजा आयोजना हुने उहाँले बताउनु भयो । हरेक मन्दिरको जिर्णोद्धार हुदा क्षमा पुजा गर्ने परम्परा अनुसार सो पूजा सहित देवतालाई परम्परागत भोज (ब्वः छाय्गु) जात्रा पनि हुने आयोजक समितिले जनाएको छ ।
मन्दिर जिर्णोद्धारकालागि हजारौंले श्रमदान गरेको उल्लेख गर्दै समितिका अध्यक्ष रायले इन्द्रयणी सभ्यतालाई संरक्षण गर्न कम्तिमा पनि २० लाखको अक्षयकोष स्थापना गर्ने तयारी पनि भएको र सो रकमबाट वर्षको एक दिन चैत्र २० गते भुसांदा पनि मनाउने र अन्य जात्रा पर्वहरु पनि व्यवस्थित गर्ने योजना रहेको बताएका छन् । हजारौ सर्व साधारणको श्रमदान तथा १ करोड ३ लाख भन्दा बढी आर्थिक सहयोग र भक्तपुर नगरपालिकाको योजना तथा बजेटबाट करिव २ करोड ७७ लाख भन्दा बढी रकममा सो मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गरी बिहिबार उद्घाटन कार्यक्रम तर्जुमा गरेका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न
2026-11-21 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न भक्तपुर। भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ।...
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास
2026-11-21 Comments Off on च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास
च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास भक्तपुर। भक्तपुरको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र पुनःनिर्माणलाई निरन्तरता दिँदै च्वङा गणेश घ्योछे...
जापानीटोलीद्वाराभक्तपुरनगरपालिकाकाप्रमुखसँगभेटघाट
2026-11-21 Comments Off on जापानीटोलीद्वाराभक्तपुरनगरपालिकाकाप्रमुखसँगभेटघाट
जापानी टोलीद्वारा भक्तपुर नगरपालिकाका प्रमुखसँग भेटघाट भक्तपुर, मंसिर ५। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा जापानी टोलीले भ्रमण गरेको छ।...
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न
2026-11-21 Comments Off on भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न
भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न भक्तपुर। माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको आयोजनामा ९३ जना जुनियर खेलाडी सहभागी...
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोड
2026-11-21 Comments Off on सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोड
सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सहकारी मार्फत आर्थिक, सामाजिक विकासमा जोडभक्तपुर, मंसिर ५ गते । सुकुन्दा बचत तथा...














