इन्द्रेयणी मन्दिरको उद्घाटन तथा क्षमा पूजाको तयारी
भक्तपुर, भाद्र ३ गते
भक्तपुरको ऐतिहासिक इन्द्रेयणी मन्दिरको विहिबार क्षमा पूजा गर्ने भएको छ । इन्द्र जात्रा र विस्का जात्रामा विशेष जात्रा हुने यस मन्दिर भक्तपुर नगरको अष्ट मात्रिका भित्रका एक शक्ति पीठका रुपमा रहेको छ । सो मन्दिर मल्ल राजाहरुको महत्वपुर्ण मन्दिरको रुपमा रहे पनि १९९० सालको विनासकारी भूकम्पले भत्केपछि सामान्य रुपमा ममर्त कार्य पूरा गरी अस्तित्वमा रहेको सो मन्दिरको २०७२ सालको भूकम्पले पनि खासै क्षति नपुगेकोले पुनःनिर्माण कार्य ढिला भएको मन्दिर जिर्णौद्धार समितिका अध्यक्ष विनोदचरण रायले जनाएको छ । मन्दिर पूरानो तर सामान्य रुपमा रहेको सो मन्दिरलाई पुनःनिर्माण गर्न आवश्यक महसुस गर्दा गर्दै मन्दिर पुनःनिर्माण सुरु गरेको ६ वर्षपछि निर्माण कार्य पूरा गरी उद्घाटनको अन्तिम तयारीमा रहेको उहाँले बताउनु भयो ।
२०७२ सालको भूकम्पले पनि सामान्य मात्र क्षति पुगेकाले पुनःनिर्माण गर्ने कार्यमा प्राथमिकता नपर्दा पनि भक्तपुर नगर प्रवेश गर्ने महत्वपूर्ण क्षेत्रमा रहेको मन्दिर भएकाले पूरानै र परम्परागत शैलीमै बनाउने स्थानीय इच्छा बल्ल पूरा भएको अध्यक्ष रायले बताउनु भयो । स्थानीय जनताको श्रमदान र आर्थिक भौतिक सहयोगसँगै भक्तपुर नगरपालिकाको महत्वपूर्ण आर्थिक भौतिक सहयोगबाट सो मन्दिर पुनःनिमार्नण कार्य पूरा भएको समितिका कोषाध्यक्ष राध्येश्याम सैंजूले जनाएको छ ।
मन्दिर पुनःनिर्माणमा कोराना, आर्थिक नाकाबन्दी लगायतका कारणले धिला भए पनि नेवार समुदायको सांस्कृतिक पहिचान झल्किने गरी मन्दिरको जिर्णोद्धार भएको छ । मालकुमारी मन्दिरको रुपमा पनि परिचित सो मन्दिर ४ तल्लाको रहेको छ । परम्परागत ईट्टा र सुर्खिबाट बनेको सो मन्दिरमा काठकलाका आकर्षक झ्याल ध्वका र तोरणहरुले मन्दिरको मौलिकता झल्काइरहेको छ । सो मन्दिरको उद्घाटन तथा क्षमा पूजा भोली विहान ७ बजे देखि सुरु हुने समितिका सचिव कृष्णेश्वरी हाडाले जनाएको छ । सो ऐतिहासिक मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रम आयोजना हुने उहाँले बताउनु भयो । उद्घाटन समारोहका लागि सिद्ध पोखरी अर्थात भक्तपुरको इन्द्र दहबाट साँस्कृतिक झाँकी सहितको र्याली खौमास्थित इन्द्रेयणी मन्दिर परिसरसम्म पुगेर मन्दिरको उद्घाटन हुने उहाँले बताउनु भयो । मन्दिरको उद्घाटन पश्चात क्षमा पुजा आयोजना हुने उहाँले बताउनु भयो । हरेक मन्दिरको जिर्णोद्धार हुदा क्षमा पुजा गर्ने परम्परा अनुसार सो पूजा सहित देवतालाई परम्परागत भोज (ब्वः छाय्गु) जात्रा पनि हुने आयोजक समितिले जनाएको छ ।
मन्दिर जिर्णोद्धारकालागि हजारौंले श्रमदान गरेको उल्लेख गर्दै समितिका अध्यक्ष रायले इन्द्रयणी सभ्यतालाई संरक्षण गर्न कम्तिमा पनि २० लाखको अक्षयकोष स्थापना गर्ने तयारी पनि भएको र सो रकमबाट वर्षको एक दिन चैत्र २० गते भुसांदा पनि मनाउने र अन्य जात्रा पर्वहरु पनि व्यवस्थित गर्ने योजना रहेको बताएका छन् । हजारौ सर्व साधारणको श्रमदान तथा १ करोड ३ लाख भन्दा बढी आर्थिक सहयोग र भक्तपुर नगरपालिकाको योजना तथा बजेटबाट करिव २ करोड ७७ लाख भन्दा बढी रकममा सो मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गरी बिहिबार उद्घाटन कार्यक्रम तर्जुमा गरेका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...
महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
2026-10-05 Comments Off on महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकताभक्तपुर, असोज १८ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको...
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
2026-10-05 Comments Off on भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा काठमाडौं । भू- माफिया ठण्डिराज...
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
2026-10-05 Comments Off on १५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, १७ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत...














