छोराको कुटपिटबाट आमाको मृत्यु .

छोराको कुटपिटबाट आमाको मृत्यु
भक्तपुर, असार १३ गते
आफ्नै छोराको कुटपिटबाट एक आमाको मृत्यु भएको भक्तपुर प्रहरीले पुष्टि गरेको छ । भक्तपुर प्रहरीका नायव प्रहरी उपरिक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित भाटेढिकुर बस्ने किरण चौधरीले आफ्नै आमा मेघिया चौधरीलाई कुटपिट गरी गम्भिर घाइते गरेको थियो । घाइते चौधरीको पाटन अस्पताल ललितपुरमा उपचारकोक्रममा आज दिउँसो १ बजे मृत्यु भएपछि कुटपिट गर्ने छोरो किरण चौधरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य थालेको उहाँले बताउनु भयो । उदयपुर कटारी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर बस्दै आएको वर्ष २४का किरण चौधरीले आफ्नै ४० वर्षका आमा मेघिया चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जगाती प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटना हिजो राती १९ः४५मा भएको भक्तपुर प्रहरीका सुचना अधिकारी जवेगुले जनाएको छ ।