जोरपाटिमा बृहत एकिकृत (उपचारात्मक सेवा)
जनस्वास्थ्य शिविर आयोजना
भक्तपुर, जेष्ठ १९ गते
जनस्वास्थ्य कार्यालय भक्तपुरले जोरपाटि मा.वि. चित्तपोल भक्तपुरमा बृहत एकिकृत (उपचारात्मक सेवा) जनस्वास्थ्य शिविर आयोजना गरेको छ । सामान्य रोग देखि आँखा, कान, नाक, मानसिक, स्त्री रोग, छालारोगसहित विभिन्न ८ प्रकारका रोगहरुको विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको हो । बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार स्थानीय नगरपालिकाहरुको समन्वयमा यो शिविर आयोजना भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले जनाएको छ । राम्रो अस्पताल र स्वास्थ्य सेवाको पहुँच नपुगेको नँखेल र चित्तपोल क्षेत्रका समुदायकालागि लक्षित गर्दै सूर्यविनायक नगरपालिकाको सहयोगमा सो स्वास्थ्य शिविर आयोजना भएको र असार महिनाभित्र अरु थप २ वटा यस्तै शिविरहरु आयोजना गर्दै समुदायको स्वास्थ्य सेवामा जनचेतना अभिवृद्धि र सचेतना तथा उपचारको पहुँच पुर्याउने लक्ष्य रहेको उहाँले बताए । वर्षौ देखि रोग पालेर बसेको चित्तपोल निवासी जेष्ठ नागरिकहरुले एकै पटक आँखा, ज्यास्टिक, हाडजोर्नी सहित विभिन्न रोगहरुको उपचार गर्नुका साथै औषधी समेत निःशुल्क पाएको भन्दै यस्तो खालको स्वास्थ्य शिविर नियमित रुपमा आयोजना हुनुपर्नेमा जोड दिएका थिए । उपचार गरे निको हुन्छ भन्ने विश्वास समेत नभएका विरामीहरुले विशेषज्ञ उपचार पाएर खुसि सात्न सफल सो शिविर आयोजना गर्ने अवसर पाएकोमा जोरपाटि माविका प्रधानाध्यापक हरिप्रसाद ढकालले शिविरबाट विद्यार्थी र अभिभावकका साथै स्थानीय समुदाय समेत लावाम्भित भएको भन्दै उहाँले यस्तो शिविरहरुबाट लुकेर रहेको रोगहरु पत्ता लगाएर उपचार गर्न तथा समुदायको स्वास्थ्य स्वच्छ राख्न मदत मिल्ने विश्वास व्यक्त गरेका छन् ।


जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अच्छामिको सहजिकरणमा आयोजित सो शिविरमा भक्तपुर, अस्पताल, सिद्धिस्मृति महिला तथा बाल अस्पताल, मध्यपुर अस्पताल सहित विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुका चिकित्सक, नर्स तथा प्राविधिकहरुको सहयोगमा शिविर आयोजना भएको छ ।














