मासु पसल अनुगमन, १८ किलो कुहेको मासु नस्ट

भक्तपुर, ९ बैशाख । बजार अनुगमन समितिको निर्णय अनुसार संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा निम्न मासु पसलहरु जगातिमा अनुगमन भयो ।
कोरोना भइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको बेला नेपालमा लकडाउन घोषणा गरेको अवस्थामा कुखुराको मासु किलोको रु.२५० देखि रु.३०० सम्म र खसिको मासु किलोको रु.११५० देखि रु.१५०० सम्म लिई मासुको मूल्य मनपरि लिई कालो बजारी गरेको पाइएको संयोजक राज कृष्ण गोराले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 94257607_229226805064415_3730310861877673984_n.jpgThis image has an empty alt attribute; its file name is 94213611_271645167193040_590724394528014336_n.jpgअनुगमन गर्दा के.जि.कोल्ड स्टोरमा दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने, खसीको मासु मंहगो गरी बढी मूल्य नलिने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, फ्रिज चलाएको नमिलेकोले मासु विग्रने सम्भावना भएकोले फ्रिज बन्द नगर्ने र मासु जालिले छोपेर राख्ने सुझाब दियो ।
त्यस्तै ख्वप कोल्ड स्टोरमा दर्ता नविकरण गर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, पसल दुर्गन्धित भएकोले सरसफाईमा ध्यान दिने, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, फ्रिज चलाएको नमिलेकोले मासु विग्रने सम्भावना भएकोले फ्रिज बन्द नगर्ने र मासु जालिले छोपेर राख्ने सुझाब दियो ।

This image has an empty alt attribute; its file name is 93412188_524266578257813_6496461210014187520_n.jpg
पूर्ण शाहीको खसी र कुखुराको मासु पसल एक हप्ता भित्र पसल दर्ता गर्ने, साइनबोर्ड राख्ने, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, मासु जालिले छोपेर राख्ने र मासु जालीले छोपेर राख्ने सुझाब दियो ।
भक्तपुर भ्याली कोल्ड स्टोरमा माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, फ्रिजमा राखी राखेको विग्रेको कुखुराको मासु १८ किलो ८१० ग्राम जफत गरि नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशन उपशाखाका न.नि.दिलिप कुमार सुवाल, व.नि. रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका विष्णु थापा र शन्तोष शाक्य, पशु सेवा शाखा भक्तपुर, भक्तपुर उद्योग बाणिज्य संघको सहभागी रहेको थियो ।