कोहलपुरमा लेखा ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम सम्पन्न
२०८२ असार १३ गते लेखा व्यवस्थापन तालिम सम्पन्न कोहलपुर नगरपालिका अन्तर्गतका बिद्यालयमा कार्यरत लेखापालहरुका लागि लेखा ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सो तालिम सम्पन्न भएको हो । असार १२ गते शुरु भएको तालिम आज असार १३ गते सम्पन्न भएको हो । तालिमको उद्घाटन कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक ईश्वरी बिकले गरेका थिए । तालिमको समापनमा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले तालिम प्रभावकारी भएको बताएका थिए । यस प्रकारका तालिमहरु आगामी बर्षमा पनि गर्ने उनले प्रतिबद्धता जनाए । २९ जना आधारभुत र माबिका लेखापालहरु सहभागि रहेको तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी र बास नेपालका लेखा अधिकृत हंश शाहीले लेखाका प्रचलित नियम, जिन्सि व्यवस्थापन, नेपालमा प्रचलित कर सम्बन्धिको व्यवस्था, सार्वजनिक खरिद ऐन, क्षमता बिकास, एक्सल फर्म, फम्र्याट लगातका बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रम संयोजक सविता सुनारले सञ्चालन गरेको समापन कार्यक्रममा प्रशिक्षक राजन केसी, संस्थाकी महासचिव कल्पना अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।
















