उपनिर्वाचनकालागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

उपनिर्वाचनकालागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले खालि रहेका २३ पद्कालागि उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको  विज्ञप्ति मार्फत मतदाता नामाबलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । जारी विज्ञप्ति…….

वि.सं. २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जानकारी प्राप्त भए बमोजिम उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको छ।

उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ। मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ। मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ। तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ।  

देहाय

क्र.सं.प्रदेशजिल्ला रिक्त पदस्थानीय तहको नामवडा नं.
कोशीइलाम २प्रतिनिधि सभा सदस्य‍- –
सुनसरीवडा अध्यक्षगढी गाउँपालिका
उदयपुरवडा अध्यक्षत्रियुगा नगरपालिका१२
मधेशरौतहट़वडा अध्यक्षइशनाथ नगरपलिका
रौतहट़वडा अध्यक्षराजपुर नगरपालिका
वागमतीदोलखाउपाध्यक्षगौरीशंकर गाउँपालिका    –
काठमाडौंवडा अध्यक्षकीर्तिपुर नगरपालिका
काठमाडौंवडा अध्यक्षकाठमाडौं महानगरपालिका१६
नुवाकोटवडा अध्यक्षककनी गाउँपालिका
१०मकवानपुरवडा अध्यक्षहेटौडा उपमहानगरपालिका१२
११गण्डकीगोरखावडा अध्यक्षगोरखा नगरपालिका
१२लुम्बिनीगुल्मीवडा अध्यक्षमुसिकोट गाउँपालिका
१३रोल्पावडा अध्यक्षरून्टिगन्टी गाउँपालिका
१४बर्दियावडा अध्यक्षठाकुरबाबा नगरपालिका
१५कर्णालीदैलेखअध्यक्षमहाबु गाउँपालिका
१६कालिकोटवडा अध्यक्षतिलागुफा नगरपालिका
१७जाजरकोटवडा अध्यक्षकुशे गाउँपालिका
१८जाजरकोटनगर उपप्रमुखनलगाड नगरपालिका –
१९सुदूरपश्चिमबझाङ १ को १प्रदेश सभा सदस्य
२०दार्चुलावडा अध्यक्षदुहुँ गाउँपालिका
२१बझाङवडा अध्यक्षसुर्मा गाउँपालिका
२२डोटीवडा अध्यक्षपूर्वीचौकी गाउँपालिका
२३बाजुराउपाध्यक्षस्वामीकार्तिक खापर गाउँपालिका –

उल्लिखित बमोजिम मतदाता नामावलीमा आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्ने कार्यमा सरिक भई आफ्नो मताधिकार सुरक्षित गर्नुहुन आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ।

शालिग्राम शर्मा पौडेल

सहसचिव एवम् प्रवक्ता