पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुने
भक्तपुर, चैत १४ —
नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । एसएसके मिडियाले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेष्ठ २ गते काठमाडौंमा हुने जानकारी गरायो ।
पत्रकार सम्मेलनमा आयोजक एसएसके मिडियाका अध्यक्ष सन्तोष सिलवालले नेपालका विभिन्न भेषभुषा, कला, संस्कृति, भाषा सौदर्य प्रतियोगितामार्फत् देखाई देशमा विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाए । उनका अनुसार यस्ताखाले प्रतियोगिता यो नै नेपालको पहिलो हो ।
कार्यक्रम संयोजक सागर बस्नेतले कार्यक्रममार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाए । मौलिक कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सौन्दर्य प्रतियोगिता आयोजना हुने उनले स्पष्ट पारे ।
आयोजकका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाललाई यस्ता कार्यक्रममार्फत विश्वसामु थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास लिइएको छ । प्रतियोगिताले देशको मौलिक पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा पहिलो हुने विजेतालाई रु १ लाख नगदसहित विभिन्न आकर्षक पुरस्कारबाट सम्मानित गरिनुका साथै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा फष्ट रनर अपलाई रु २५ हजारसहित विभिन्न पुरस्कार तथा पारिवारिक पोखरा भ्रमणको अवसर प्रदान गरिनेछ । साथै सबै सहभागीहरूलाई आयल्स वा जापानी भाषा कक्षा निःशुल्क तथा कम्प्युटर तालिम निःशुल्क उपलब्ध गराइनेछ ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा मिस नेपाल २००५ सुगारिका केसी, मिष्टर मोडल अफ दी वल्र्ड २०१८ दिक्पाल कार्की, चर्चित गायक आनन्द कार्की तथा विशेष विदेशी अतिथि नोवेल किंग र्याे साकागुची र उनको फेशन समूहको सहभागिता रहनेछ ।
कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा परम्परागत पहिरनमा आधारित विशेष प्रस्तुति समेत रहनेछ । आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई १५ दिने तालिम प्रदान गरिने जानकारी दिइएको छ । तालिम अवधिमा सहभागीहरूलाई नेपालको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराइने, फोटोसुट गराइने तथा पर्यटनसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछ ।
प्रतिस्पर्धामा सहभागी हुन प्रति प्रतिस्पर्धी पाँंच हजार रुपैयाँं बुझाउनुपर्ने जनाइएको छ । यस कार्यक्रमको मेक पाटर्नरको रूपमा फेसियल हाउस तथा एजुकेशन पार्टनरको रूपमा मेघाटेक भ्यालु एजुकेशन कन्सल्टेन्सी रहनेछन् । साथै अन्य प्रायोजकहरू क्रमशः थपिँदै जाने आयोजकले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











