२०७७ बैशाख ८ गते सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाट (छिपा ताँ) पुल ढलानको निरीक्षण गर्नुभयो ।
स्थानीय उपभोक्ता समितिमार्फत ( २ करोड २८ लाख ३ सय त्रियानब्बे रुपैंया लागत इष्टिमेट रहेको)उक्त पुलको निर्माण कार्य भएको हो । बन्दाबन्दी (लकडाउन) का कारण केही समय रोकिएको पुर्ननिर्माण कार्य पुन: शुरु भएको छ । बर्षातको कारण बाढी आएमा पुल ढलानको लागि राखिएको फर्मा बगाउन सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त कार्य शुरु गरिएको स्थानीय उपभोक्ता समितिले जनाएको छ ।
विश्रुवब्यापी महामारीको कारण देशभर सयौं योजनाहरु अलपत्र अवस्थामा छन् । देशको स्थितिलाई ध्यानमा राखी महत्त्वपूर्ण योजनाहरु सरकारले क्रमशः संचालन गर्ने तर्फ ध्यान दिनु पर्ने जनताको मत रहेको देखिन्छ ।















