कोरना भाइरस परीक्षण टोल टोल अभियानको पहिलो दिन ९ जनाको परीक्षणः रिपोर्ट सबैको नेगेटिभ

भक्तपुर, बैशाख ८ गते
भक्तपुरनगरमा कोरना भाइरस परीक्षणको टोल टोल अभियानको पहिलो दिन ९ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका सबै जनामा कोरना भाइरस नभएको रिपोर्ट आएको ल्याव टेक्निसियन योगिता खनालले जनाएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० स्थित कमलविनायकमा भएको सो परीक्षणमा विदेशबाट भक्तपुर आएका व्यक्तिहरुको परीक्षण गरिएको हो । पहिलो परीक्षणमा विदेशबाट आएका तथा अति संक्रमणको संभावित समुदायको परीक्षण गर्ने र त्यसपछि विरामीहरुको नजिकमा काम गरेका स्वास्थ्यकर्मीहरुको समेत परीक्षण गर्ने जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिह भक्तपुरका प्रमुख एवं डाक्टर रत्नसुन्दर लासिवाले बताउनु भयो । भनपा १०वडामा २५ जना विदेशबाट आएकाहरुको पहिचान गरेको बताउँदै कतिपय व्यक्तिहरुले अन्यत्र परीक्षण समेत गराइ सकेको र अहिलेसम्म परीक्षण नगराएका ब्यक्तिहरुको परीक्षणको व्यवस्था गरेको वडाअध्यक्ष लक्षिप्रसाद ह्यौमिखाले बताउनु भयो । त्यसमध्ये ११ जनाको परीक्षण गराउन सम्पर्कमा आएको भन्दै उहाँले ९ जनाले मात्र परीक्षण गराएको जनाएको छे । विदेशबाट आएका ब्यक्तिहरु स्वयंक्वारेन्टाइनमा बसिरहेको र तिनीहरुकोमा कुनै संक्रमण नदेखिएको, कतिपयले स्वदेश फर्केको १४ दिन पछि परीक्षण समेत गराइसकेकाले वडामा विदेशबाट आएकहरुबाट खासै जोखिम नभएको बताउनु भयो ।

राहात वितरण संकलनको बेला घर दैलो पुग्दा पनि विदेशबाट आएका थप व्यक्तिहरु सम्पर्कमा आएकाले अहिलेसम्म परीक्षणबाट छुटेकाहलाई जोडदिएर सहभागि जनाउन लगाएको बताऐ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका ल्याब टेक्निसियन योगिता खानालले हिजो सूर्यविनायक नगरपालिकामा ४ जनाको मात्र आडिटी प्रविधिबाट कोरना भाइरसको परीक्षण गरेको र आज देखि भक्तपुर नगरका वडा वडामा पुगेर परीक्षणको लागि टोलि परिचालन भएको बताउनु भयो । किटको अभावले परीक्षणका डायरा बढान नसकिएको भन्दै उहाँले भक्तपुर जिल्लाको लागि आएको आरडिटी किटहरु समेत दुर्गम जिल्लाको लागि हिजो पठाएको उहाँले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरको लागि भनि ल्याएको एक हजार आडिटि मध्ये ६ सय वटा किट फिल्डमा गइसकेको भन्दै किट सिमिट रहेको बताए ।

भोलि दिनको ११ बजेदेखि २ बजेसम्म भक्तपुर नपा वडा नं. ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ९ इन्जिनियरिङ कलेज प्रा·ण चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको RDT(Rapid Diagnostic Test) परीक्षण हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ ।

गत चैत्र १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरबासीहरुलाई RDT(Rapid Diagnostic Test) परीक्षण निम्ति सम्बन्धित वडा कार्यालयमा सम्पर्कको निम्ति भक्तपुर नपाले अनरोध गरिएको छ ।