भक्तपुर लेखापढी कानून व्यवसायी ९ औं अधिवेशन आजबाट सुरु, वर्तमान अध्यक्षको १० बुढे प्रतिवद्धता
भक्तपुर, चैत्र १३ गते
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन भक्तपुरको १६ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन आजबाट सुरु भएको छ । दुई प्यानल बीच अधिवेशनको उद्घाटन सत्र सम्पन्न गर्दै एसोसिएसनले नयाँ नेतृत्वको चयनकालागि शनिबार निर्वाचन गर्दै छन् । वतमान अध्यक्ष राम शरण राना र सचिव दिपक श्रेष्ठ बीचको प्यानल निर्वाचनमा होमिएका छन् । पेशागत मर्यादा कायम गर्न लेखापढी व्यवसायीहरुको हक हितको सवाल मात्र नभई समग्र लेखापढी सेवालाई व्यवस्थित गर्न एसोसिएसनको भूमिका महत्वपूर्ण भएकाले पार्टिगत र गुतबढीलाई भन्दा राम्रो गर्नेलाई जिताउने उदेश्यले आआफ्नो एजेण्डामा निर्वाचनको माहोल बनेको सहभागि लेखापढी व्यवसायीहरुको धारणा छन् ।

४२८ जना सदस्य रहेको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन भक्तपुरले पेशागत हकहित, सविधानको रक्षा, अनुशासन र एकता, न्यायिक अधिकार सुशासन र समानता आजको आवश्यकता र सहायक नारा अध्ययन अनुशासन, लगनशिलता, उद्देश्य प्राप्तीका लागि संगठित एकता नारालाई कार्यान्वयन गर्ने पक्षमा एसोसियसन लागि परेको छ । यसै बीच नापी कार्यालय र मालपोत कार्यालयले विचौलिया विहिन डिजिटल सेवा दिने तयारीमा छ । डिजिटल सेवा विस्तार भए पनि जनतालाई सेवा दिने यी नै लेखापढी व्यवसायीलाई व्यवस्थित नपारी यस क्षेत्रको सेवा सुद्धिधिकरण नहुने सहभागि सदस्य लेखापढी व्यवसायीहरुको छ । निर्वाचनमा साझा अभिमत जाहेर गर्दै नेतृत्वको चयन भइरहँदा बतर्मान अध्यक्ष रानाले १० बुढे आफ्नो घोषणा पत्र जारी गरेको छ। सो धोषणा पत्रमा भनिएको छ


















