भक्तपुरमा मृगौला पद्यात्रा, सन्दर्भ विश्व मृगौला दिवस
भक्तपुर, फागुण २७गते
विश्व मृगौला दिवसको अवसरमा भक्तपुरमा सचेतनामूलक मृगौला पदयात्रा आयोजना गर्ने भएको छ । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरले भोली विहान दरवार क्षेत्र भक्तपुरमा प्रभातफेरी आयोजना गरी केन्द्र परिसरमा विशेष कार्यक्रम आयोजना गरिने केन्द्रका प्रमुख डा.कल्पना श्रेष्ठले जनाएको छ । किड्नी हेल्थ फर अल, केरिङ फर पिपल, प्रोटेक्टिङ द प्लानेट नाराका साथ विश्वभर मनाइने यो दिवस मनाईदै छ । नसर्ने रोगहरु मध्ये ९ औं स्थानमा रहेको मृगौला दिवसको अवसरमा नेपाल सरकारका स्वास्थ्य मन्त्रीको प्रमुख आतिथ्यतामा भक्तपुरमा विश्व मृगौला दिवस मनाउने भएको हो । नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मृगौला फेल हुने गरे पनि सो अस्पतालको स्थान अभावका कारण वर्षमा १८० देखि २ सय जनाको मात्रै मृगौला प्रत्यारोपण हुन सकेको चर्चा गर्दै डा. श्रेष्ठले स्थानीय विरामीहरुकालागि सहज उपचार गर्न स्थानीय स्तरमै अंग प्रत्यारोपण केन्द्रहरुको विस्तार गर्न आवश्यक भएको भन्दै हरेक नागरिकले कम्तिमा पनि वर्षको एक पटक वा प्रत्येक ६ । ६ महिनामा मृगौला परिक्षण गराउन सके स्वस्थ हुन सकिने धारणा राखेका छ । मधुमेह र उच्च रक्तचापका कारण मृगौला रोगीको संख्या बढेको उल्लेख गर्दै यस वर्षको विश्व मृगौला दिवसको सन्दर्भमा मृगौला रोग र उपचारको बन्दोवस्ती बारे जनचेतना जगाउने विभिन्न कार्यक्रम आयोजना गरी सो दिवस मनाई रहेको बताउनु भयो । यस वर्षको विश्व मृगौला दिवसको अवसरमा समुदायको मृगौला परिक्षण गर्ने अस्पतालका चिकित्सक, कर्मचारीहरुको मृगौलाको अवस्था बारे जानकारी दिन कार्यरत ४ सय जना कर्मचारीहरुको मृगौला परिक्षण समेत सम्पन्न गरेको अस्पतालका प्रमुख डा. श्रेष्ठले जनाएको छ । सरकारले मृगौला रोगको निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि यो रोग लाग्नै नदिन र लागि हाले पनि आतिन्न नपर्ने तथा उपचारका लागि विदेशसम्म जान्न नपर्ने गरी स्वदेशमै विश्वस्तरको उपचार प्रविधि विकास भएको पनि उहाँले जनाएको छ ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...













