भक्तपुरमा माघ २६ देखि फागुण १ गतेसम्म, छुटलाई ४ र५ गते एचपिभी खोप दिने
भक्तपुर, माघ २५ गते
भक्तपुर जिल्लामा भोलि देखि एचपिभि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जनस्वास्थ्य कार्यालय भक्तपुर आज पत्रकार अभिमुखिकरण आयोजना गर्दै विद्यालय केन्द्रीत भई माग २६ गते देखि फागुण १ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी भएको कार्यालय प्रमुख अञ्जना खड्काले जनाएको छ । जिल्लाका चारवटै नगरपालिकाले दिएको तथ्यांकका आधारमा खोप अभियान सञ्चालनको तयारी गरेको हो । यसै बीच खोप अभियानमा छुट भएका किशोरीहरुलाई फागुण ४ र५ गते स्थानीय स्वास्थ्य केन्द्रहरुबाट खोप दिने तयारी रहेको जनाएको छ ।


तथ्यांकअनुसार सूर्यविनायक नगरपालिकामा कक्षा ६ का विद्यार्थी ८८४ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ७१ जना छन् । सो नगरपालिकामा कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेका छन् ।
मध्यपुर थिमि नगरपालिकामा कक्षा ६ का विद्यार्थी ९२१ जना रहेका छन् । यहाँ १० वर्ष उमेर समूहका किशोरी–किशोर २६ जना भए पनि कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य देखिएको छ ।
भक्तपुर नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी १ हजार ५१५ रहेको छ । यद्यपि, यहाँ लक्षित १० वर्ष उमेर समूह, कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य रहेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा कक्षा ६ का विद्यार्थी ५२९ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ६६ जना छन् । कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या यहाँ पनि शून्य देखिएको छ ।
जिल्ला समग्रमा हेर्दा १० वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या १६३ पुगेको छ । कक्षा ७–१० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेको तथ्यांकले देखाएको छ ।
शिक्षा तथा बालबालिका लक्षित कार्यक्रमहरू प्रभावकारी बनाउन यस्ता तथ्यांक उपयोगी हुने सरोकारवालाहरूले बताए ।
यो वर्ष माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थाल्ने जानकारी गराइयो । यस क्रममा छुटेका छात्राहरुलाई फागुन ४ र ५ गते खोप दिइने जनाइएको छ । त्यसको लागि ती दुई दिन स्वास्थ्य संस्थाहरु ९चौकी० माफर्त् खोप दिइने योजना राखिएको छ ।
भक्तपुरमै अन्य जिल्लाकालागि पनि खोप भण्डारण केन्द्र रहेकाले संकलित विवराण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि भक्तपुर जनस्वास्थ्य कार्यालयले आवश्यक खोपको व्यवस्था गर्न सकिने भएकाले गत वर्ष छुटेका, इट्टा भट्टा देखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेत एचपिभि खोप दिन जनस्वास्थ्य कार्यालय तयार रहेको उहाँले बताए । निधारित समयमा खोप नलगाए अर्को वर्ष यसै गरी निःशुल्क खोप दिन्छ भने छैन भन्दै उहाँले निर्धकताका साथ आफ्ना किशोरीहरुलाई खोप लागाउन प्रेरित गर्न र आवश्यक प्रचार प्रसार गर्न जनस्वास्थ्य अधिकारी खड्काले सहभागि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।













