थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण ।
पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा गरी ३ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३ सय ८९ जना निको भएका छन् । आज थपिएकाकोरोना सङ्क्रमितको गरी हाल सम्म नेपालमा सङ्क्रमति हुनेको कुल सङ्ख्या ९ लाख ११ हजार ४ सय ५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७९ पुगेको छ भने ७ लाख ९७ हजार ४ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४ सय ९८रहेका छन् ।














