भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ४ फरार प्रतिवादी पक्राउ, २८ लाखभन्दा बढी विगो असुल गर्न बाँकी

भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ४ फरार प्रतिवादी पक्राउ, २८ लाखभन्दा बढी विगो असुल गर्न बाँकी

जनसञ्चार डेस्क

भक्तपुर, २० कार्तिक

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, जगाती र मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनतर्फका ४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार मिति २०८३/०७/२० गते विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तर फरार रहेका ४ जनालाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।

पक्राउ परेकाहरूको विवरण तथा कसूर:

  • बैंकिङ कसूर मुद्दा: ३ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूको कुल बिगो रकम रु. २८,१०,०००।– (अठार लाख दश हजार रुपैयाँ) रहेको प्रहरीले जनाएको छ।
  • लागू औषध मुद्दा: १ जना प्रतिवादी पक्राउ परेका छन्। उनलाई अदालतले ६ महिना कैद र रु. २,०००।– जरिवानाको फैसला सुनाएको थियो।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तिब्रता दिँदै कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी राखेको छ।