भक्तपुर, बैशाख ३ गते
कोरना भाइरसको जोखिम बढेको बेला स्वदेश फर्केका व्यक्तिहरुको निगरानी कडाइ गर्न नसक्दा भक्तपुरमा पनि कोरना भाइरस संक्रमणको जोखिम बढेको अनुभूति भइरहेकोछ । केही हप्ता अगाडी विदेशबाट घर फर्किएका व्यक्तिहरुको टोल टोलमा कोरना भाइरसको संक्रमणको चर्चा भइरहन्थ्यो । कहिले खरिपाटी, कहिले कमलविनायक, कहिले चाँगु त कहिले सूर्यविनायक । जहाँ जहाँ बिदेशबाट फर्केछन् त्यता बढी कोरना भाइरस फैलिएको हल्लाले स्वदेश फर्केका व्यक्तिहरुको अपमान र बदनाम एकातिर भइरहेको थियो भने अर्कोतिर समुदायमा कोरना भाइरसको त्रास बढाइरहेको देखिन्थ्योे । यद्यपी विस्का जात्रा होस् या दैनिक किन मेलको बेलामा समेत सामाजिक दुरी कायम गर्न नसक्दा कोरना भाइरसको संक्रमण बढाइरहेको छ । त्यसैले पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित सनसिटी अपार्मेटमा २ जनामा देखिएको संक्रमणलाई भक्तपुरमा देखिएको भनि चर्चामा पनि आइरहेका होलान् ।सनसिटी अर्पामेन्टका कर्मचारीहरु दैनिक झै भक्तपुर जिल्ला घुमिरहेका छन् । कतिपय कर्मचारीहरु भक्तपुरका विभिन्न नगरपालिकाहरुमा बसोबास गर्नेहरु पनि छन् । यसले एउटा संक्रमण देखिने बितिकै अर्को जोखिम पनि बढाएको छ । स्वदेश फर्केको महिना दिनपछि पनि कोरनाको संक्रमण देखिन थालेपछि विदेशबाट आएकाहरुबाट थप जोखिम रहि रहेको प्रशंगले समुदाय झस्किनु र त्रास फैलिनु स्वभावित हो । तर विदेशबाट आएका भने बितिकै संक्रमित भनेर भेडभाव गर्नु पनि मानविय ब्यवहार होइन । तिनीहरुको जानकारी स्थानीय नगरपालिका वा प्रशासन तथा प्रहरीलाई दिनु भने समुदायको सुरक्षित ब्यवहार मान्न रहेका छन् यद्यपी विदेशबाट आएका व्यक्तिहरुको पुर्ण विवरण अझै सरोकारवाला निकायको बीचमा नपुगेको देखिन्छ ।
भक्तपुर जिल्लामा विदेशबाट आएका मध्ये गत हप्ता १३४ जनाको मात्र पहिचान गरेका थिए भने हाल २१५ जनाको पहिचान गरिसकेकोे जिल्ला विपद् व्यवस्थापन सेन्टरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएका छन् । त्यस मध्ये भक्तपुर नगरमा मात्रै १०६ जना छन् । यी मध्ये केही लक्ष्यण देखिएकाहरुको मात्रै स्वाब परीक्षण गरीएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगेर परिक्षण गर्दै आउनेक्रममा यस हप्ता देखि जिल्लाको कोरना हवको रुपमा रहेकोे भक्तपुर अस्पतालले द्रुत गति (र्यापिड टेस्ट )को प्रविधिबाट परीक्षण गर्न थालेको छ । मंगलबारसम्ममा सो अस्पतालबाट ५३ जनाको स्वाब परिक्षण सम्पन्न गरिसकेको छ । परीक्षण गरिएकाहरु सबैमा कोरना भाइरसको संक्रमण नपाएको अथवा कोरना नेगेटिभ रहेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जनाएको छ । यस अघि भक्तपुरका विभिन्न क्षेत्रका १७१ जनाको स्वाब परीक्षण गराएको थियोे । त्यस मध्ये १६ जनाको भक्तपुर अस्पतालमै परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका मध्ये सबै जनामा कोरना भाइरसको संक्रमण नदेखिएको पाइएको छ । यद्यपी विभिन्न सञ्चार माध्यमहरुमा भक्तपुरमा पनि कोरना भाइरस संक्रमण भएको समाचारहरु आइरहेका छन् । तर पनि कतिपय समुदाय लड डाउनको समयमा पनि हुलमुलमा हिड्नेको माहोल पनि देखिन्छ ।
भक्तपुर नगरपालिकाभित्र पनि विदेशबाट स्वदेश फर्किनेको संख्या सयौं छन् । मंगलबारसम्ममा १०६ जना स्वदेश फर्किएकाहरुको पहिचान गरी अनलाई मार्फत प्रत्यक्ष निगरानीमा राखेकोे भक्तपुर नगरपालिकाका जनप्रतिनिधी एवं वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले जनाएको छ । हवाई मार्गबाट आएकाहरु बढी सम्पर्कमा आए पनि स्थलमार्ग हुँदै आएकाहरु पनि हुन सक्ने भन्दै अझै सम्पर्कमा नआएकाहरुको खोजि र तिनीहरुको स्वास्थ्यस्थितिको नियमन भने जारी राखेको छ । वडा वडामा समन्वय समितिहरु गठन गरी समुदायको घर घरमा पुगि रहेका छन् । अति आवश्यक समुदायको लागि राहातको व्यवस्था गरिरहेका छन् । घनाबस्ती भएकाले पनि कोरना भाइरसको जोखिम यस नगरमा बढी महसुस गरेको छ । चैत्र महिना भित्र मध्यपुर थिमी नगरभित्र ६५ जना स्वदेश फर्केकाहरुको पहिचान गरेको थियो त्यस मध्ये ५३ जनाको मात्रै स्वाब परिक्षण आफ्नै मातहतको कोरियन अस्पतालमा गरेको छ । कतिपय विदेशबाट मध्यपुर फर्केकाहरु आफ्नो गृह जिल्ला फर्कि सकेको र कतिपयले स्वास्थ्य जाँच समेत गराउन नचाहेको देखिएको मेयर मदन सुन्दर श्रेष्ठले जनाएका छन् । गृह जिल्ला फर्केकाहरुको अवस्था के छ ? उनीहरुको निगरानी र स्वास्थ्य जाँच एवं उनीहरुबाट हुन सक्ने संक्रमणको जोखिमको यहाँ लेखाजोखा छैन र पनि उनीहरुसँग नियमति फोन सम्पर्क रहेको मेयर श्रेष्ठले जनाएको छ । यसै गरी सूर्यविनायक नगरपालिकामा ८९ जना र चाँगुनारायण नगरपालिकामा ४५ जना स्वदेश फर्किकाहरुको पहिचान गरीएको नगरपालिका प्रसासकीय अधिकृत कमल ज्ञवाली र चिरन्जीवी तिमल्सेनाले जनाएका छन् । तिनीहरुको होम क्वारेन्टाइनमै निगरानीमा रहेको उहाँहरुले जनाएका छन् । नगरको अति विपन्न समुदायको लागि पहिलो लटको राहात वितरण सम्पन्न गरी सक्दा महिना दिन अगाडी नै विदेशबाट स्वदेश फर्केकाहरुमा संक्रमण देखिन थालेपछि यहाँका नगरपालिका र सरोकारवाला निकायहरु अझ जागरुक हुन आवश्यक देखिएको छ । विज्ञहरु भन्छन् र्यापिड किट टेस्ट सुरु भएपछि नयाँ नयाँ संक्रमण देखिन थालेका छन् । यसो भन्नुको अर्थ समुदायमा कोरना भाइरस संक्रमितहरु छन् र त दिनप्रतिदिन संक्रमितको संख्या बढी रहेको छ । थप पुष्टिका लागि पीसिआर विधिबाट परिक्षण गर्नुपर्ने हुन्छ । यो परीक्षण गर्दा ४८ घण्टा देखि ७२ घण्टासम्म लाग्ने गरेको देखिन्छ । विशेष गरी विदेशबाट फर्केकाहरुमा र तिनीहरुबाट अन्यमा सर्ने संभावना औल्याउँदै तिनीहरुको विवरण र म्यापिंग समेत भइरहेको भनिएको छ । यद्यपी महिना दिन पछि पनि संक्रमण देखिनुलाई के भने? १४ दिनको क्वारेन्टाइन पूरा गरेका ब्यक्तिहरुमा समेत कोरना भाइरस देखिएपछि थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले आह्वान गर्न थालेको छ । यो बेला केही विषेशज्ञ डाक्टरहरुले कम्तिमा पनि ४९ दिन क्वारेन्टाइनमा बस्नै पर्ने र त्यसपछि मात्रै कोरना भए नभएको पुष्टि हुन सक्ने दाबी गरिरहेका छन् ।
कोरनाको कहर रोग प्रतिरोधात्मक क्षमता बलियो रहेकाहरुमा कोरना भाइरस भए पनि तिनीहरु स्वस्थै देखिने तर अरुलाई भने कोरनाका भाइरसहरु सारिरहन सक्ने भएकाले पनि थप सुरक्षित व्यवहारको आवश्यकता महसुस गराइरहेको छ । कोरना भाइरसको संक्रमण ८० प्रतिशतमा सामान्य असर पर्ने र २० प्रतिशतमा गम्भिर देखिने भएकाले अम्भिर विरामी मात्रै अस्पतालमा उपचार गराउने र अरुलाई होम क्वारेन्टाइनमै उपचार गराउन सकिने कतिपय चिकित्सकहरुको भनाई छ । आम समुदायको भने विदेशबाट आएका व्यक्तिहरुबाट मात्रै नेपालमा कोरना भाइरस सरेकाले तिनीलाई अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने र नियमित स्वास्थ्य परीक्षण गराउनैपर्नेमा जोड दिएका छन् । एकातिर कोरना भाइरसको संक्रमितको संख्या पनि बढी रहेको छ भने अर्को तर्फ विदेशबाट फर्केकाहरुको नामाबली पनि दिनप्रतिदिन बढ्दो छ । नेपाल भारत सिमा क्षेत्रमा त अनियन्त्रीत रुपमा चोरबाटो भएर दिन रात घर फर्किनेको सख्या पनि बढेकाले कोरना भाइरसको जोखिम भयाभह हुन सक्नेमा सचेत हुन आवश्यक देखिएको छ । मंगलबारसम्ममा भारतमा १० हजार भन्दा बढीमा संक्रमण र ३ सय ३९ जनाको निधन भइसकेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । यस हप्ता भारतबाट आएका तीन जना धर्मगुरुमा एक्कै पटक संक्रमण देखिएको थियो । भक्तपुरमा पनि विगत ६ महिना देखि बस्दै आएका हजारौको संख्यामा भारतीय नागरिकहरु छन् उनीहरु सुरक्षित रुपमा आफ्नो देश जान चाहेको भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौबाले जनाएको छ । उहाँका अनुसार घर फर्किन चाहने भक्तपुरका इटा भट्टामा काम गर्ने मजदुरहरुको संख्या अझै ७ हजार भन्दा बढी छन् । उनीहरु संक्रमित छैनन् उनीहरुलाई सुरक्षित रुपले घर फर्किने बातावरण बनाउनुपर्ने छ उहाँले भने, एक दुई हप्ता भित्र भक्तपुरका सबै भट्टाहरु बन्द हुन्छन्, तिनीहरु पूर्णरुपमा काम बिहिन हुन्छन् अनि समूह समूहमा घुमफिर गरिरहन्छन् यसले थप जोखिम निम्त्याउन सक्ने छ, अध्यक्ष ह्यौंबाले भने । यस भन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले भक्तपुरका २० हजार भन्दा बढी मजदुर अन्य समुदायलाई घर जान सर्वारी पासको व्यवस्था गरेको थियो । पास नपाएपछि रातारात हिडेर घर पुग्न थालेका छन् । सनसिटी बस्ने एक जनाको धुलिखेल अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ । भने काभ्रेकै दुई जनामा थप कोरना भाइरसको संक्रमण देखिएको छ । यसले अन्तर नगर, अन्तर जिल्ला, अन्तर प्रदेश र अन्तर देशबाट कोरना भाइरसको जोखिम बढि रहेको बेला भक्तपुरलाई पूर्णरुपले सुरक्षित पार्न लक डाउन पूर्णरुपमा कार्यान्वयन गर्नुको विकल्प छैन । किन भने भक्तपुरका सरकारी र निजी अस्पतालहरुको कोरना भाइरसको रोकथाम र उपचारको तयारी पनि पर्याप्त छैन । अहिलेसम्म ९८ वटा मात्र आसोलेशन वार्ड तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । कोरना हवको रुपमा भक्तपुरलाई तयारी गरे पनि कोरना भाइरसको भयाभहको अवस्था अनुसार लड डाउनमा बस्नुको विकल्प नदेखिएको नियमनकर्ताहरुको भनाई छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













