विश्व अहिले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीको पीडामा छ । आजको मितिसम्म विश्व स्वास्थ्य संगठनका अनुसार २१३ देशमा यो भाइरसबाट संक्रमित मानिसहरुको संख्या १६,९९,५९५ भयो भने मृत्यु हुनेहरुको संख्या १,०६,१३८ भयो । यो संख्या दैनिक बढ्दो छ ।
मानव जाति यो भाइरस नियन्त्रण गर्न दिनरात प्रयासरत छ । यो भाइरस संक्रमण रोक्न संसारका अधिकांश देशले आ–आप्mना मानिसलाई घरभित्रै सुरक्षित रहन आदेश जारी गरेको छ । यतिबेला नेपालमा यो भाइरस संक्रमित विरामीको उपचार गर्ने स्वास्स्थकर्मीहरुलाई समेत सुरक्षा पोशाक उपलव्ध छैन । आउँदा दिनमा खाद्यान्नको अभावसमेत हुने देखिंदै छ । सरकारले स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा पोशाक उपलव्ध गराउनु जरुरी छ र खाद्यान्नको व्यवस्था गर्नु जरुरी छ । यो संकटमा विद्यार्थीहरुको लागि अनलाइन कक्षा संचालन गर्नु आवश्यक छ ।
यो भाइरसको महामारीले अन्तर्राष्ट्रिय सीमाना र जातीयता मान्दैन । संसार एक ढिक्का भएर यो भाइरसको नियन्त्रण गर्नु नै एक मात्र विकल्प हो । धनी र विकसित देशहरुले आफूसँग भएको प्रविधि, ज्ञान र स्रोतसाधनलाई अधिकत्तम प्रयोग गरी यो भाइरस नियन्त्रणमा योगदान गर्नु आजको आवश्यकता हो । पूँजी लगानी गर्ने ठाउँ र पूँजीलाई उत्पादनमूलक बनाउने श्रमिकलाई सुरक्षित गर्नु आजको पहिलो शर्त हो । यसकारण स्रोत भएका देशहरुले यो भाइरस नियन्त्रण गर्न सहयोग गर्नु अन्तर्राष्ट्रिय कर्तव्य पनि हो ।
यो विश्व संकटको बेला हामी सबै युवा विद्यार्थीहरु समाजलाई थप सचेत र शिक्षित बनाउन आ आप्mनो स्थानबाट सक्रिय हुनु आवश्यक छ । नयाँ बर्ष २०७७ को आगमनसँगै नेक्राविसंघमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई यो भाइरस नियन्त्रणमा आ–आफ्नो ठाउँमा प्रभावकारी भूमिका सक्रिय भई निभाउन र यो संकटको परिस्थितिमा हुने कालोबजारी, भ्रष्टाचार, अपराधीहरुलाई विद्युतीय माध्यमबाट पनि उदांग्याउन सफल हुने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
२०७७ बैशाख १ सोमबार
सबिन ख्याजू
अध्यक्ष













