चिनियाँ आर्थिक तथा बाणिज्य कन्सुलरलाई चेम्बरद्वारा भक्तपुरमा स्वागत
भक्तपुर, असार २१ गते
इन्टरनेशन्ल चेम्बर अफ कमर्शले चिनियाँ दूतावासका आर्थिक तथा बाणिज्यका कन्शुलर सिएयुको टोलिलाई भक्तपुर नगरमा स्वागत गरेको छ । भादगाउँले टोपी र खाडा ओडाउँदै चेम्बरका अध्यक्ष नारायणकाजी श्रेष्ठले भमण टोलीलाई स्वागत गरेको थियो । चेम्बरका अध्यक्ष श्रेष्ठले अतिथिहरुलाई भक्तपुर नगरको दरवार क्षेत्र तौमढीस्थित ङातापोल हुन्दै तचपाल स्थित दत्तात्रय मन्दिर परिसरसम्म अबलोकन भ्रमण गराएका थिए । कार्यक्रममा चेम्बरका रोशन भ्योद्य सहितका ब्यबसायीहरुको सहभागिता थियो ।















