जडीबुटि मनोहरा, लाकन्थली कृषि साँस्कृतिक तथा व्यापार मेला २०८२ जारी

जडीबुटि मनोहरा, लाकन्थली कृषि साँस्कृतिक तथा व्यापार मेला २०८२ जारी
भक्तपुर, असार २२ गते
असार १३ गते देखि सुरु भएको जडीबुटि मनोहरा, लाकन्थली कृषि साँस्कृतिक तथा व्यापार मेला २०८२ जारी छ । यही असार २९ गतेसम्म हुने सो मेलामा खाद्य स्थल, लताकपडा, जुत्ताचपल, इलेक्ट्रोनिक्स सामग्रीहरु सहित ३० वटा स्थलहरुका साथै दैनिक साँस्कृतिक कार्यक्रमहरु एवं बाल उद्यान, रोते पिङ्ग सहित विभिन्न मनोरञ्जनात्मक पार्कहरु बीच मेला आयोजना भइरहेको आयोजक समितिका विन्दास इन्दले जनाएको छ ।
ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीहरु बीच आयोजित मेलामा शुक्रबार र सनिबार बाहेक हरेक दिन निःशुल्क प्रवेशको व्यवस्था गरेको छ भने शुक्रबार र शनिवार अवलोकनकर्ताहरुलाई रु. ५० र रु. १००को टिकट बिक्रि हुने जनाएको छ । टिकट दर अनुसार साँस्कृतिक कलाकारहरुको व्यवस्थापन भइ आएको उल्लेख गर्दै इन्द्रले मेलामा रहेका स्थलबाट सामान खरिद गर्दा उपभोक्ताहरुलाई विशेष छुटको व्यवस्था रहेको जनाएको छ ।