विश्व पर्यटन दिवसको अवसरमा Go Local अभियानमा हस्ताक्षर
भक्तपुर, असोज ११ गते
भक्तपुरको दीगो पर्यटन विकासका लागि गो लोकल अभियान सुरु गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोरोना भाइरसको प्रभाव बारे समीक्षा गर्दै सो अभियानका लागि भक्तपुरका दुई व्यवसायीक संस्था बीच सम्झौता गरेको छ । दीगो पर्यटन विकासका लागि भक्तपुरका स्थानीय मौलिक उत्पादन प्रवर्धन गर्ने उदेश्यका साथ भक्तपुर पर्यटन विकास समिति र भक्तपुर घरेलु तथा साना उद्योग संघ वीच एक सम्झदारी पत्रमा हस्ताक्षर गरी गो लोकल अभियान सुरु गरेको हो । पाँच वर्षे रैथानेतर्फ Go Local कार्यक्रममा सम्झौता गर्दै ती दुई संस्थाले स्थानीय उद्योगहरुलाई पर्यटन व्यवसायसँग जोड्ने प्रतिवधता जनाएका हुन् ।
आईतबार गरिएको सम्झौतामा १५ वटा स्थानीय मौलिक वस्तुहरुको उपयोगिता बारे अध्ययन, अुनसन्धान, अभिलेखिकरण, ब्रायण्डिंग, बजारीकरण गरी पर्यटन उद्योग प्रवर्धन गर्ने लक्ष्य लिएको संघका अध्यक्ष विरेन्द्र जतिले जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित सो सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा रैथाने पर्यटन उत्पादनको संरक्षण गर्दै यसमा आश्रित कलाकार, शिल्पी, कालीगढ, उत्पादन एवं उद्यमी व्यवसायी र उनको घर परिवारको आर्थिक अवस्थामा गुणात्मक सुधार गर्दै सवल र समृृद्धि भक्तपुर बनाउने लक्ष्य लिएको अर्का साझेदार भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले जनाएको छ ।
भक्तपुरका रैथाने पर्यटन उत्पादनको राष्ट्यि तथा अन्तर्राष्ट्यिस्तरमा बजार प्रवर्धन गर्ने, रैथाने पर्यटन उत्पादनमा प्रत्यक्ष संलग्न कलाकार, शिल्पी, कालगढी एवं उद्यमी व्यवसायीको क्षमत अभिवृद्धि गर्ने, रैथाने पर्यटन उत्पादनको गुणस्तर विकास गरी त्यसको निश्चित मापदण्ड निर्धारण गरी त्यसको राष्ट्यि तथा अन्तर्राष्ट्यि गुणस्तर चिन्ह तथा प्रमाण पत्र प्राप्त गर्ने, रैथाने पर्यटन उत्पादनको ब्राण्डिंग गरेर त्यसको गुणस्तरमा उपभोक्ताको विश्वास र भरोषा आर्जन गर्न पहल गर्ने ती संस्थाहरुले उदेश्य लिएको छ । सो उदेश्य अनुसार भक्तपुरका १५वटा स्थानीय र मौलिक उत्पादनहरुलाई प्राथमिकतामा राखेको छ । सूचीकृतमा परेका बस्तुहरुमा जुजु द्यौ, काष्ठकला, भादगाउँले टोपी, ताईचिन चिउरा, माटाका भाँडाकुँडा, नेपाली कपडा बुनाई, गलैचा बुनाई, कागजको मुकुण्डो, काठको मुकुण्डो, नेपाली कागज, धातुकला, उनको बुनाई, फेल्ट बुनाई, चामल तथा पिठो र अयला रहेका छन् । यसबाहेक अन्य उत्पादनहरुलाई पनि क्रमिकरुपमा समावेस गर्दै लगिने उल्लेख गर्दै सो सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने कार्यविधि पनि जारी गरेको छ ।
सो सम्झौता पत्रमा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले, महासचिव दीपेशराज शर्मा र भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट अध्यक्ष वीरेन्द्र जती र सचिव प्रेमकृष्ण खर्बुजाले हस्ताक्षर गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













