सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारी मुलक कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारी मुलक कार्यक्रम शनिवार भक्तपुरमा आयोजना गरेको छ । आ.व.२०८१÷०८२ को अर्धवार्षिक समिक्षा गोष्ठी एवं संचालकहरुको जिम्मेवारी बोध तथा संचालकहरुको भुमिका विषयमा भएको सो कार्यक्रम श्री बाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधेश्याम सुवालूको अध्यक्षतामा होटल सिटीगाँउ भक्तपुरमा सम्पन्न भएको हो ।


संस्थाका संचालक समितिको आयोजनामा भएको उक्त गोष्ठी तथा कार्यक्रममा संस्थाका उपाध्यक्ष बलराम प्रजापतिवाट संसार बदल्नु छ भने पहिला आफुलाई बदल्नु पर्छ भन्ने भावनालाई उजाग्रट गर्दे उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो भने संस्थाका सचिव विष्णु प्रसाद सुवालवाट कार्यक्रम संचालन गर्नु भएको थियो । समिक्षा गोष्ठी तथा संचालकहरुको जिम्मेवारी बोध तथा संचालकहरुको भुमिका समेतको कार्यक्रममा अध्यक्षले कार्यक्रम माथि प्रकास पार्दै संस्थाको वित्तीय अवस्था जानकारी गर्ने गराउने लगायत संचालकहरुको जिम्मेवारी पनि वोध गराउने उद्देश्यले यो कार्यक्रम संचालन वा आयोजना गरेकोवारे उपस्थित पदाधिकारीहरु समक्ष जानकारी गर्नु भएको थियो ।
देशमा भए गरेका नीति नियमहरुको अद्यावधिक गर्ने गराउने उदेश्यले संस्थाका व्यवस्थापक श्री शिवजी हाकुदुवालज्युले संस्थाको वित्तीय विवरणको प्रगति समिक्षा प्रस्तुतीकरणका साथ साथै हालै जारी सहकारी अध्यादेश र राष्ट्र बैंकवाट जारी निर्देशन तथा मापदण्डमा उल्लेख भएको ९ वटै परिच्छेदहरुको खण्डन गर्दै उपस्थित सम्पूर्ण संस्थाका पदाधिकारीहरुलाई जानकारी गराउनु भएको थियो । जारी अध्यादेश र मापदण्डले संस्थाकोलागि के के प्रभाव, असर पर्ने र के के कठिनाई, अवसरहरु आउन सकिन्छ भन्ने कुराको विस्तृत प्रस्तुतीकरण गरि जानकारी गराउनु भएको थियो ।
सहजकर्ता नेप्mस्कूनका पूर्व कर्मचारी बावुराम न्यौपान्य सहितको उक्त कार्यक्रममा यस्तो अवस्थामा संस्थाका लेखा सुपरिवेक्षण समितिले ट्राफिकको रुपमा भुमिका निभाउने, संचालकहरुले हेड लाईटको रुपमा कार्य गरि दिशा निर्देश गर्ने, उपसमितिहरुले साइड लाइटको रुपमा कार्य गरि लाईट वाल्दै व्यवस्थापन र संचालकहरुलाई सहयोग पु¥याई व्यवस्थापनलाई संस्था हाक्न मद्दत गर्नु पर्ने कुरा व्यक्त गराई संचालकहरुको आ आप्mनो जिम्मेवारी र भुमिका औल्याई प्रशिक्षण दिनु भएको थियो । तसर्थ सम्पूर्ण संचालकहरुको बोली र बुझाई एउटै हुन पुग्दछ भन्ने व्यक्त गर्नु भएको थियो ।
समिक्षामा प्रस्तुतीको क्रममा संस्थाका बरिष्ठ ऋण सहायक राजमति सुवाल, बरिष्ठ प्रशासन सहायक कल्पना दुवाल, संचालक पदाधिारीहरु रत्नकेशरी सुखुपायो, विश्वराम त्वायना, पुनेन्द्र प्रसाद कुसी, कृष्ण प्रजापति, सृजन ग्वाछा, चंचल कर्मचार्य, रवि ध्वजू, रचना खायमली लगायतले आ—आप्mनो प्रस्तुती पेश गर्नु भएको थियो ।













