मध्यपुर थिमीको नगदेश स्थित श्री सिद्धि गणेश द्यो: छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । सिद्धि गणेश द्यो: छें विकास समितीको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग, सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिष भक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग रहेका छन । यस्तै पदेन सदस्यमा मध्यपुर थिमी वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुठीका राजन भक्त प्रधानाङ्ग र सिद्धिगणेश गुथिका सिद्धि गणेश द्यो: गुथिका राज कृष्ण वाडे रहेका छन । शनिवार नगदेशमा भएको अधिवेशनमा पुरातत्व विभागका डिजी सौभाग्य प्रधानाङ्ग रहेका थिए भने विषेश अतिथिको रुपमा वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति रहेका थिए ।
Enter













