ग्याँस सिलिण्डर लिक भई घाइते महिलाको मृत्यू

ग्याँस सिलिण्डर लिक भई घाइते महिलाको मृत्यू
भक्तपुर । आगोले जलेर चित्तपोलमा एक महिलाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोल दहगाँउमा बस्ने वर्ष ४७ की सन्जु रानामगर आगोले पालेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार रानामगर आफ्नै घरको भान्छाकोठामा खाजा पकाइरहेको बेला ग्याँस सिलिण्डर लिक भई सल्केको आगोले जलेर घाईते भएकी थिइन, घाइते रानामगरको उपचारकोक्रममा कीर्तिपुर र्बन अस्पतालमा मृत्यु भएको थियो । मृतक रानामगरलाई थप उपचारकालागि धुलिखेल अस्पतालबाट कीर्तिपुर बर्न अस्पतालमा रिफर गरेको थियो । उनको आज साँझ ४ बजे मृत्युभएको प्रहरीका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ । हिजो साँझ ५ बजे भएको सो घटना बारे महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसन्धान अधिकृत सहितको टोलीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पाठकले जनाएको छ ।