ताथलीका युवाहरू बोलेस् “अब चुप बस्दैनौं”
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भएको “जनप्रतिनिधिसँग युवा” अन्तरक्रिया कार्यक्रम कुनै औपचारिक भेटघाट मात्र थिएन। यो एक यस्तो मञ्च थियो, जहाँ युवाहरूले आफूभित्र दबिएका असन्तोष, प्रश्न र सपना पोख्ने अवसर पाए।
नेपाल क्रान्तिकारी युवा संघ, ताथलीद्वारा आयोजित सो भेलामा विकृति, विसंगति, भ्रष्टाचार र अकर्मण्यता विरुद्ध तीव्र स्वरमा आवाज उठ्यो। कार्यक्रमको उद्देश्य युवा र जनप्रतिनिधिबीच संवाद मात्र नभएर उत्तरदायित्व र पारदर्शिताप्रति सजीव बहस गर्नेलाई उत्प्रेरित गर्नु थियो।
कार्यक्रमका वक्ताहरू—नेमकिपा ताथली अध्यक्ष राजाराम छुकां, वडा अध्यक्ष गणेश त्यात, वडा सदस्य रविन बासुकला, नेक्रायुसंघ चाँगुनारायणका अध्यक्ष एलएन लिगल लगायतले स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टाचार, अनियमिता र जनतामाथिको अन्याय विरुद्ध युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।
वडा अध्यक्ष गणेश त्यातले सिधै नगरपालिकाको नेतृत्व र कर्मचारीतन्त्रको अकर्मण्यता औँल्याउँदै भने, “कार्यपालिका बैठकमै विरोध गर्छु, तर सुन्ने कोही छैन। भ्रष्टाचार संस्थागत रूप लिइसकेको छ।” उनले युवाहरूलाई अब खबरदारीको मोर्चा सम्हाल्न आह्वान गरे।
अध्यक्ष राजाराम छुकांले पनि प्रष्ट रूपमा स्वीकार गरे, “हामीभित्रै कमजोरी छन्, हामीबाटै सुरुआत हुनुपर्छ।” उनले युवा नेतृत्व, रचनात्मक पहल र सामाजिक उत्तरदायित्वबारे धारणा राख्दै, नेक्रायुसंघमार्फत युवाहरूलाई अभियानमा होमिन आग्रह गरे।
कार्यक्रममा सहभागी युवाहरू—रमेश मचामसी, सुरेशराज गिरी, सत्यनारायण गिरी, प्रवीण छुकां, हरिगोपाल बासुकला, राजकुमार बस्नेत, नवीन बस्नेत, सोनम मचामसी, मनोज गिरी, चन्द्रबहादुर सुवाल, बाबुकाजी माकजु, सत्यराम थुयाजु, विजय माकजु, सुमन प्रजापति लगायतले बहसलाई गहिरो बनाए।
उनीहरूले सडक, बत्ती, ढल निकास, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण, युवा उद्यमशीलताको प्रवर्द्धन र पर्यटकीय सम्भावनाबारे प्रश्न उठाए। उनीहरूका आवाज विकासको भाषाभन्दा गहिरो थियो—प्रशासनप्रतिको निराशा र जवाफदेहिताको माग।
वडा सदस्य रविन बासुकलाले बजेट र कार्यक्रमबारे आफैले प्रस्तुत गरेको संशोधन प्रस्तावप्रति उदासीनता देखाइएको गुनासो गरे। “नीति होइन, सत्ताको मर्जीले निर्णय हुने गरेको अवस्था चिन्ताजनक छ,” उनले भने।
कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकां, स्वागत रामचन्द्र छुकां र सभापतित्व उत्तम साखकर्मीले गरेका थिए। नेतृत्वका यी भूमिकामा युवाहरूको सक्रियता मात्र थिएन, त्यो व्यवहारिक अभ्यासको संकेत थियो—अब युवा केवल सवाल गर्ने होइन, समाधानको दिशा देखाउने भूमिकामा प्रवेश गरिरहेका छन्।
ताथलीमा आयोजित यो अन्तरक्रिया कार्यक्रम एउटा ‘स्थानीय घटना’ जस्तो देखिए पनि यसको मर्म राष्ट्रिय सन्दर्भमा उभिएको छ। जब युवाहरू बोल्न थाल्छन्, प्रश्न गर्न थाल्छन्, अनि मात्र शासन जवाफदेही बन्छ। यसपटक ताथलीका युवाहरूले सन्देश दिएका छन्—अब चुप बस्दैनौं, प्रतिवाद गर्छौं र परिवर्तन गर्छौं।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












