के तपाई घर सम्रचाना बनाउँदै हुनु हुन्छ ?
‘भवन निर्माण र बास्तुशास्त्र’ पुस्तक शनिबार विमोचन हुदै छ है !
भक्तपुर, चैत्र १ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले बास्तुविद् लेखक बीरेन्द्रप्रसाद कायस्थले लेख्नु भएको ‘भवन निर्माण र बास्तुशास्त्र’ नामक पुस्तक आगामी शनिबार विमोचन गर्ने भएको छ । लेखक कायस्थले ४ वर्ष समय लगाएर लेख्नु भएको सो पुस्तक २४१ पृष्ठको हुने छ । बास्तुकला अनुसार घर सम्रचना निर्माण गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरुलाई पुस्तकमार्फत पस्केको लेखक कायस्थले जनाएको छ । के कस्तो सामग्रीले कस्तो ठाउँमा, के कस्तो घर सम्रचना बनाउँदा घरमा शान्ति मिल्छ । रोगव्यादि र समस्याहरुबाट सुरक्षित हुन सकिन्छ भन्ने परम्परागत मूल्यमान्यतालाई आत्मसाथ गर्दै लेखक कायस्थले बास्तु विज्ञान अनुसार स्रमचना निर्माण मात्र होइन सजावतका विषयहरुलाई समेत पुस्तकले राम्रोसँग व्याख्या गरेको जनाएको छ ।
घरको झ्याल ढोका, कस्तो राख्नेरु कसरी राख्ने रुयतिमात्र होइन, भान्छा र सौचालय, कोठाहरु कसरी बनाउने रु भन्ने विषयहरुलाई पनि पुस्तक मार्फत सविस्ता ब्याख्या गरेको उहाँले बताए । घरमा शौचालय र भान्छा मात्र पनि बास्तु विज्ञान अनुसार राखेनन् भन्ने मानिसहरु विरामी हुने, विभिन्न समस्याहरुमा पर्ने चर्चा मात्र होइन, किन यस्तो समस्या हुन्छरु सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विधिहरु समेत पुस्तकले पस्केको उहाँले बताए । पुस्तकमा भाग्यवृद्धि गर्ने उपायहरु समेत समेतिएको उल्लेख गर्दै घर आँगनमा के कस्तो बोट विरुवा लगाउने र कोठामा कस्तो चित्रहरु ताग्दा फलदायी हुन्छ भन्ने विषयहरु पनि पुस्तकमा उल्लेख रहेको लेखक कायस्थले जनाएको छ ।
अध्यक्ष विजुक्छेले सो पुस्तकको ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा शनिबार विमोचन गर्दै छन् । चैत्र ३ गते शनिबार दिउँसो २स्३० बजे सो पुस्तकको नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेंको बाहुलीबाट ‘भवन निर्माण र बास्तुशास्त्र’पुस्तकको विमोचन हुने लेखक विरेन्द्रप्रसाद कायस्थले जनाएका हुन ।
विमोचन पश्चात बजारमा पठाउने तयारीमा रहेको सो पुस्तकको बजार मूल्य ६सय ५० रहे पनि विमोचन समारोहकोक्रममा रु। ५सयमा बिक्रि राखिने छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













